​दाङमा अचम्मको अपराध, श्रीमतीले श्रीमानको औंला काटेर खाइन् !

दृष्टि न्यूज

दाङ, १३ पुस । 
दाङमा बिहिबार अचम्मको अपराध भएको छ । रिसको आवेगमा एक महिलाले  आफ्नै श्रीमानको चार वटा औंला काटेकी छिन्। ती औंला पोलेर खाएको ती महिलाले बताएकी छिन्। 

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भम्के बस्ने ६४ वर्षिय रिदिनी महताराले बिहिबार बिहान श्रीमानको औंला काटेकी हुन् । तरकारी काट्ने दाउले श्रीमानको चार वटा औंला काटेको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंह चन्दले न बताइन् । महिलालाई प्रहरीले पक्राउ गरेको छ ।   घाइते उनका श्रीमानको कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

सधैं मदिरा खाएर दुःख दिने गरेका कारण आफुले औंलो काटेको महिलाले प्रहरीसँग बताएकी छिन्। बुधबार बेलुका पनि मदिरा पिएर आएको र झगडा गरेको अनुसन्धानमा खुलेको छ। 

Related News