​दर्पण लिएर आए गीतकार दीपदर्पण

दृष्टि न्यूज

फुल्नु भन्दा त झर्नै.. जाति लाग्छ – आज भोली .......
धेरै श्रोता तथा दर्शकले सुने–हेरे । प्रमी वा प्रेमीका त्यसै पागलको संज्ञमा छैनन, यी संगितभित्रका हरेक हरफले संसारनै फेरि दियो । गीतकार तथा साहित्यकार दीप दर्पणका आधुनिक भाका सुन्दै गर्दा पलाएका शब्द हुन् ।
मध्यपश्चिम नेपालको निकै चर्चाको भूमि रोल्पामा, दिपेन्द्रबहादुर डाँगी उर्फ दीप दर्पणको नाम दिएर जन्मिए । बालापनको दुःख, पीडा यादै छैन उनी भन्छन् । सदरमुकाम लिबाङले हुर्काएका उनी जन्म गाउँ भन्दा यता पो लक्का जवान भए ।
विद्यालय पढ्दै गर्दा, लेख्नेमा रुचि थियो । लेख्न पनि थाले । युगबोध दैनिकमा समाचार लेख्न सुरु गरेका दीप दर्पण, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक उपसभापति पनि भए ।
विद्यालयमा गजल, कबिता लेख्नेमा रुचि थियो । उनी अहिले पनि कबिता लेख्छन । रोल्पा आफैँमा संगित र साहित्य हो, धेरैको प्रसंसा । त्यो भित्र पनि धेरै बिधामा प्रतिभा भएका दिप दर्पण अहिले गितकारका रुपमा चिनिएका छन । जिल्लामा पर्यटनको कुरा गर्दा उनको नाम सधै अग्रपंत्ती हुन्छ । हाल ः जिल्ला समन्बय समिति रोल्पामा पर्यटन फोकल पर्सनको रुपमा समेत काम गरिरहेका छन ।
गीतकार दीपदर्पणले थुप्रै आधुनिक गीतहरु बजारमा ल्याएका छन् । रोल्पामै बसेर संगीत क्षेत्रमा लागेका दिपले भने ः संगीत, साहित्य जीवनको एउटा बिधा नै हो । संगीतले उर्जा थपिएको महसुस हुन्छ । हरेक प्राणी आफँैमा कलापे्रमी हुन् ।
दर्पणसँग दर्पण–उनको भर्खरै बजारमा आएको एल्बम हो । यो एल्बममा ६ वटा गीतहरु रहेका छन भने दर्जन कलाकारले आवाज दिएका छन् । राजकुमार बगर, सन्तोष श्रेष्ठ, हरि डाँगीको संगीत र प्रमोद खरेल, अन्जु पन्तलगायत अन्यको स्वरमा यी भाकाहरु सजिएका छन् ।
प्रस्तुति : जीवन डाँगी/रोल्पा

Related News