दुई शिशुको शव फेला


धनगढी, १७ पुस । कैलालीको अत्तरिया नगरपालिकाको चाहना सामुदायिक वन क्षेत्रमा शनिबार साँझ दुई शिशुको शव फेला परेको छ । 

इलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार प्रहरी टोलीले खाल्टोमा गाडेको अवस्थामा दुई बालिका शिशुको शव फेला परेको जनाएको छ । 
स्थानीयवासीले जङ्गलमा शिशुको शव देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि सेती अञ्चल अस्पताल, धनगढीमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ । 

Related News