​सशांकको नाममा गिरीको उपद्रो

काठमाडौं, ३१ असोज । पूर्व सिंचार्इं मन्त्री दीपक गिरीले कांग्रेस महामन्त्री सशांक कोइरालाको नाममा आर्थिक लेनदेन गर्दै इन्जीनीयर र डीई सरुवा गर्न दबाब दिने गरेका छन् । सिंचाई मन्त्री बर्दियाका संजय गौतम हुन् । तर महामन्त्री कोइरालाको नाममा गिरीले सरुवामा पैसा असुली गरेका छन् । सिंचाई मन्त्रालयका ठेक्कापट्टा र सरुवामा दीपक गिरीले सशांकको नाम बदनाम गर्दै घुस असुली गर्दैआएका छन् । महामन्त्रीको नाम लिएर गिरीले इन्जीनीयहरुसँग पैसा लिएर सरुवा गरेका छन् । स्रोतका अनुसार निर्वाचन आचारसंहिता मिचेर हालै सिंचाई मन्त्रालयले २ सय ५५ इन्जीनीयरको सरुवा गरेको छ । सरुवा भएका धेरै इन्जीनीयरबाट गिरीले महामन्त्री कोइरालाको नाममा रकम लिएको आरोप छ । पुष्पकमल दाहाल सरकारमा सिंचाई मन्त्री हुँदा तत्कालीन सचिव गजेन्द्र ठाकुरलाई सिंचाई र जलउत्पन्न प्रकोप नियन्त्रण विभागका सरुवाबाट एकमुष्ट १० करोड रुपैयाँ घुस लिएका थिए ।  ठाकुरबाट सरुवाको सबै अधिकार दिएर एकमुष्ट रकम लिएका गिरीले पछि  उनलाई कर्मचारीले विरोध गरेपछि संंरक्षण गरेनन् । उनलाई सरकारले सतर्कता केन्द्रमा सरुवा गरेको थियो । सचिव ठाकुरले गिरीलाई त्यति धेरै रकम बुझाए पनि पछि अप्ठेरोमा पारी सरुवा गर्न खोज्दा रोक्न पहल नगरेको गुनासो गर्दैआएका छन् । 

Related News