​लैनचौरस्थित भारतीय दुताबास अगाडि प्रदर्शन

दृष्टि न्यूज

काठमाडौं ।
नेपालमा भारतीय हस्तक्षेपको विरुद्धमा सशक्त रुपमा आवाज उठाउँदै आएको  ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नामसहितका संस्थाहरुले बिहिवार काठमाडौंस्थित भारतीय दुताबास अगाडि प्रदर्शन गरेको छ । 
ग्रेटर नेपाल राष्ट्रवादीमोर्चा, सिमानामाकाँडेतार अभियान र राष्ट्र निर्माणशक्तिनामकतीन संगठनको संयुक्त आयोजनामा बिहिवार दिउँसो ३ः३० बजे भारतीय राजदूतावास अगाडी प्रदर्शन गरेको हो । साथै तीन वटै संस्थाले संयुक्त रुपमा ज्ञापन पत्र समेत बुझाएका छन् । 
भारतको लोक सभाका सदस्य कीर्ति आजादले केही दिन पहिले नेपालको तराईका १५ जिल्ला भारतमा मिलाउनुपर्छ भन्ने अभिव्यक्ति दिएको तथा कहिले जनकपुर तत्काल भारतमा एकीकृत गर्नुपर्छ भनी दिएको अभिव्यक्तिविरुद्ध संयुक्त रुपमा विरोध प्रदर्शन गरिएको मोर्चाको संयोजक फणिन्द्र नेपालले बताए । साथै तीन वटा संगठनले भाजपामा आबद्ध भएका सांसद आजादलाई चेतावनीयुक्त पत्र पठाइएको छ । 
ग्रेटर नेपाल जिन्दावाद, राष्ट्रिय एकता जिन्दावाद, सुगौली सन्धी मान्दैनौं, नेपालको सीमाना टिस्टा–सतलज कायम गर, सीमा अतिक्रमणबन्द गर लगाएतका नारा लगाउँदै उनीहरुले करिव एक घण्टा दूतावास अगाडी प्रदर्शन गरेका थिए । 
पत्र बुझाएपछि बोल्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भने ‘भारतीय सांसद कीर्ति आजादले नेपाल र बेलायत बिच सन् १८१६ डिसेम्बर ११ र सन् १८६० नोभेम्बर १ तारेखमा भएको सन्धिअनुसार बेलायतले नेपाललाई पहिले नेपालकै भएको जमिनफिर्ता गरेको प्रमाण हुँदाहुँदै झुठ्ठा कुरा गरेर भ्रम फैलाउ सम्झाइएको छ ।




Related News