​उपप्रधानमन्त्री पोखरेलद्वारा धान रोपेर जनश्रमदान

दृष्टि न्यूज

काठमाडौं ।
कम्युनिष्ट पार्टीको अभिन्न अंग बनेको जनश्रमदानको संस्कृति हराउँदै गएको सन्दर्भमा आज असार १५ को अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले धान रोपेर जनश्रमदान गरेका छन् । 
युवासंघ नेपाल र योङ कम्युनिष्ट लिगको आयोजनामा आज अर्थात असार १५ गतेदेखि शुरु भएको तीनदिने श्रमदानमा युवा कार्यक्रमअन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं १ तौलुङस्थित खेतमा धान रोपेर जनश्रमदान गरेका हुन् । 
रोपाइँ महोत्सवको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले खेतीयोग्य जमीनमा खेती गरेर मुलुकको कृषि उत्पादनलाई वृद्धि गर्नुपर्ने र त्यस्तो जमीनमा प्लटिङ गर्न र बस्ती बसाउन नपाइने गरी नीति ल्याउने बताए । 
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले खेतीयोग्य जमीन बाँझो नराख्न र त्यस्तो जग्गामा बस्ती बसाउन नमिल्ने गरी सरकारले भू–उपयोग नीति ल्याउने बताए । मन्त्री पोखरेलले जनतासँग नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार सधैँ एकाकार हुने उल्लेख गर्दै युवाको उक्त अभियानले मुलुकभर कहाँ कति श्रमदान ग¥यो भन्ने विवरण सार्वजनिक गर्नुपर्ने समेत बताए । 
कार्यक्रममा युवासंघ नेपालका अध्यक्ष रमेश पौडेलले आफूहरुले सो अवधिमा मुलुकका करीब ७०० स्थानमा धान रोपाइँका लागि श्रमदान गर्ने जानकारी दिए ।

Related News