​तरलता समस्याबारे अझै ढुक्क हुने अवस्था छैन- देवेन्द्रप्रताप शाह, सिईओ, नेपाल बैंक लि.

नेपाल बैंक लि. को वित्तीय अवस्था कस्तो छ ?
वित्तीय अवस्थामा निकै राम्रो सुधार आएको छ । केन्द्रीय बैंकले तोकेको चुक्ता पुँजी आठ अर्ब हाम्रो पुगिसकेको छ । नाफामा गत वर्ष सबैभन्दा धेरै मुनाफा कमाएर पहिलो भएको थियौं, यसवर्ष दोस्रो भएका छौं । नाफा गत वर्ष ३ अर्ब जति घाटामा थियो भने अहिले तीन अर्ब हाराहारीमा नाफामा गइसकेको छ । ५३ अर्बको पोर्टफोलियाबाट ७२ अर्बमा पु¥याउन सफल भएका छौं । सबै सूचांकहरु पोजेटिभ नै छन् । 
पुँजीबृद्धि गर्ने केन्द्रीय बैंकको नीतिले मुनाफा वितरणमा के कस्तो असर पारेको ठान्नुहुन्छ ?
त्यो त बिजनेस कति गर्न सकिन्छ, त्यही आधारमा हुन्छ । बिजनेसको कारोबार उस्तै पुँजी मात्रै बृद्धि भयो भने त्यसबाट प्रतिफल त घट्ने नै भयो । तर, बैंकहरुले इन्भेष्ट पनि बृद्धि गर्न खोजको देखिएकोछ । अनेक तरह गरेर मुनाफामा बृद्धि गर्न प्रयासरत रहेको देखिएको छ, गरिराखेका छन् । 
बैंकहरुको लगानीको दायरा घरजग्गा, गाडी, हाईड्रो र केही ठूला घरानियाको उद्योगहरुमा मात्रै सीमित भएका छन् । यसलाई सुधार गरेर उत्पादन मूलक क्षेत्रमा लगाउन के के गर्नुपर्ला ?
नेपाल बैंकको कुरा सोध्नुहुन्छ भने गाडीमा हाम्रो ऋण छैन नै । व्यापार गर्ने मानिसहरुले सीमित मात्रामा हाम्रोबाट अटो लोन लिएका छन् । अनेकखालको गाडीहरुको प्रबद्र्धनमा नेपाल बैंक कहिल्यै पनि सहभागी भएको पनि छैन । घरजग्गा कर्जामा पनि हाम्रो त्यति धेरै ऋण छैन । हाम्रो अधिकांश ऋण व्यापारमै छ । कृषिमा पनि हामी अघि बढिरहेका छौं । उत्पादनमूलक क्षेत्र भनेर केलाई भन्ने ? जस्ता प्रश्नहरु पनि आएका छन् । हाम्रो ऋण हाईड्रो, कृषिमा प्रवाह भएका छन् । त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी भएको मान्ने कि नमान्ने ? यस्ता समस्या पनि छन् । विकासका कार्यमा केन्द्रीय बैंकले तोकेको भन्दा दोब्बर अर्थात पाँच प्रतिशत तोकेकोमा हाम्रोमा १० प्रतिशत लगानी विकास आयोजनाहरुमा गएको छ । 
गत वर्ष तरलताको समस्या एकदमै आएको थियो । यो वर्ष तरलताको अवस्था के छ ? 
तरलताको समस्या गत वर्ष एकदमै थियो । गत वर्षजस्तो त अहिले छैन । तर यो अझै पूर्ण रुपमा हल भइसकेको भने छैन । सरकारको ढुकुटीमा ठूलो रकम जम्मा हुँदा समस्या आएको देखिएको थियो । यस वर्ष सरकारले पैसा खर्च गर्न लागेको छ, अब त्यो पैसा समयमा नै खर्च भयो भने यस वर्ष त्यस्तो समस्या नआउन सक्छ । गत वर्ष आएको समस्यापछि बैंकहरुले लगानीमा केही नियन्त्रण गरे । त्यसले केही राम्रो भइरहेको छ । सरकारले विकास बजेटको पैसा समयमा नै खर्च गरिदिनु प¥यो । सरकारको ढुकुटीमा ठूलो रकम जम्मा हुने अनि खर्च नहुने भयो भने सर्वसधारण जनता, उद्योगी व्यापारीहरुले तिरेको कर ठूलो भएर केन्द्रीय बैंकमा थन्किन्छ र यसले समस्या निम्त्याउँछ । त्यस्तो समस्या आउन नदिन सरकार नै सचेत हुनुपर्दछ ।
जनताको गोजीमा भएको पैसा बैंकसम्म ल्याउने के के योजनाहरु बनाउनु भएको छ ?
जनताको गोजीमा भएकै पैसा बैंकमा आइरहेको छ । समग्रमा निक्षेप बृद्धि गर्नको लागि ब्रान्च नेटवर्क बढाउनुपर्ने आवश्यकता छ । नयाँ नयाँ शाखाहरु स्थापना गर्ने, यस वर्ष नेपाल बैंक लि. को २० वटा नयाँ शाखा स्थापना गर्ने कार्यक्रम स्वीकृति भएको छ । गाउँ गाउँमा वित्तीय शिक्षा पु¥याउने आदि गर्नुपर्दछ । बचत बृद्धि गर्न बैंकिङ पहुँच पु¥याउनु पर्दछ । एटिएम काउन्टरहरु थप गर्ने शाखारहित काउन्टरहरु स्थापना गर्ने कुराहरु भइरहेको छ । नेपाल बैंकमा कारोबार गर्न चाहने मानिसहरुको लागि हामीले आफ्नो दायरा बढाएर निक्षेप बृद्धि गर्ने सोच बनाएका छौं । 
गाउँ गाउँमा अझै पनि धेरै जनताहरु अशिक्षित छन्, केवाईसी फारम भर्ने झन्झट, छ महिनाभन्दा बढी समय खाता सञ्चालन नभए खाता नै स्वतः लक हुने पद्धति छ, जनताले सहज वित्तीय कारोबार गर्न कठिन र झन्झिटिलो भएको ठान्नुहुन्न ?
त्यसमा हाम्रो भन्दा पनि केन्द्रीय बैंकको निर्देशन नै मुख्य रुपमा जिम्मेवार छ । केन्द्रीय बैंकले पनि नेपालको बैंकिङ पद्धतिलाई अन्तर्राष्ट्रियस्तरको बनाउन यो अभ्यास गरेको जस्तो लाग्छ । अर्को कुरा नेपालले सम्पत्ति शुद्धिकरण विधेयक ल्याएर अबैध र कालोधनलाई निरुत्साहित गरिरहेको सन्दर्भमा यस्ता केही अप्ठेराहरु छन् । एकातिर आतंकवादसँग जोडिएको पुँजीलाई निरुत्साहित गर्दै जानुपर्ने अवस्था छ भने अर्कोतर्फ नेपाली जनताको शिक्षाको तह हेरेर बैंकिङ कारोबार गर्दै अघि बढ्नुपर्ने अवस्था छ । त्यसैले गर्दा पनि केन्द्रीय बैंकले केही व्यवस्थाहरु राखेर केवाईसी फर्मको अबधारणा अघि सारेको हो । यसले केही झन्झट जस्तो लाग्न सक्छ, म आम सर्वसधारणलाई झन्झट भन्दा पनि यो एउटा प्रक्रियाको रुपमा स्वीकार गरेर बैंकिङ कारोबार गर्नुहुन अनुरोध गर्दछु ।
नेपाल बैंकले चालु आवमा मुनाफा बृद्धि गर्न के के योजनाहरु बनाउनु भएको छ ?
चालु आवमा जे जस्तो ग¥यौं, त्यसैमा केही थप गरेर जाने भन्ने कुराहरु छन् । अहिले नै कति होला के होला ? भनेर भन्न गाह्रो छ । फाइनान्सिङ सेक्टर अत्यन्तै गतिशिल क्षेत्र हो । कतिबेला के अवस्था हुन्छ भनेर भन्न सकिने अवस्था हुँदैन । गत वर्षलाई नै हेरौ न, देशले प्रगति गरिरहेको बेलामा पनि वित्तीय अवस्था बिग्रन सक्दछ भन्ने एउटा उदाहरण हो । तुलनात्मक रुपमा म्याक्रो इकोनोमिक इण्डिकेटर सबै राम्रो थियो । आर्थिक बृद्धिदर बढेको, मूल्यबृद्धिदर घटेको त्यति हुँदा पनि बैंकिङ क्षेत्रमा भने क्राईसिस आयो । त्यसले गर्दा हामीले सोचेको जस्तो गतिमा कहिल्यै पनि बैंकिङ सेक्टर बग्दैन । वित्तीय क्षेत्र एकदमै अस्थिर प्रकृतिको हुन्छ । त्यसैले हामीले यो वर्ष हरेक प्रकारको चुनौतिसँग सामना गरेर जाने योजना बनाएका छौं । नतिजाको आधारमा तपाईलाई भन्दा यो वर्षभन्दा राम्रो गर्ने लक्ष्य छ । त्यसको सबै विभिन्न रणनीतिहरु अपनाउने भन्ने छ । 
बैंकलाई गति दिन नयाँ योजना केही बनाउनुभएको छ कि ?
नेपाल बैंकले यो वर्ष २५ वटा स्मार्ट शाखाहरु खोल्न लागेका छौं । कहाँ कहाँ हुन्छ भनेर अहिले निश्चित भईसकेको छैन । देशैभरि तथा काठमाडौं उपत्यकामा हामीले यस्तो शाखा स्थापना गर्नेछौं । सुरुमा पाँच वटा स्मार्ट शाखाबाट यसको काम सुरु हुन्छ । स्मार्ट ब्रान्चको लागि धेरै कामहरु भइसकेका छन् । स्मार्ट ब्रान्चको लागि तालिम, प्रविधि दुवै हुन्छ । यो कुराले सबै बैंकहरुलाई दवाव सिर्जना भएको छ ।
अन्त्यमा, सरल, छिटो छरितो र सुरक्षित बैंकिङ सेवा प्रवाहको लागि के कस्ता योजनाहरु छन् ?
सरल र छिटो छरितो अहिले पनि छ । हामी यसलाई थप छरितो र फूर्तिलो बनाउने प्रयासमा छौं । सुरक्षाको कुरा गर्दा सरकारी बैंकजति सुरक्षित त हुने नै भयो । हाम्रो बैंक एकदमै सुरक्षित छ । छरितो सेवाको लागि हामीले स्मार्ट ब्रान्चको कन्सेप्ट अघि सारेका हौं । मुलुककै पहिलो बैंक अब हरेक कुरामा पहिलो भएर अगाडि बढ्छ । 

Related News