एमाले कार्यकर्ताको हत्या गर्ने गुन्डा नाइके ढकाललाई जन्मकैद

दृष्टि न्यूज

नेपालगञ्ज, ११ बैशाख। 
कर्तव्य ज्यान मुद्दामा नेपालगञ्जमा गुण्डा नाइके रिगल ढकाल भनिने योग ढकाललाई  सर्वस्वसहित जन्मकैदको सजाय भएको छ। बाँके जिल्ला अदालतले मंगलबार उनलाई सो सजाय सुनाएको छ। 
  जिल्ला न्यायधीश बिष्णु सुवेदीको इजलाशले  नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रहेको भन्दै ढकाललाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको हो। मानन्धर एमालेका कार्यकर्ता थिए। 
तीन वर्षअघि नेपालगन्जमा खुडा प्रहार गरी मानन्धरको हत्या भएको थियो। सुरुमै आफ्नै समूहमा रहेका मानन्धर अर्काे समूहमा पुगेपछि उनले हत्या गर्न लगाएका थिए।  २०७२ साल असार २८ गने खुँडा प्रहारी गरी हत्या भएको थियो। ७ भदौ २०७२ मा ढकालले अदालतमा आत्मसर्मपण गरेका थिए। उनी त्यसबेला तरुण दलका क्षेत्रीय सभापति थिए। 
 अभियुक्तमध्ये  प्रेमध्वज खत्री, विशाल बस्नेत, नवराज खत्री र  मोहन खड्कालाई जन्मकैदको सजाय भएको छ। 

यसैगरी सोहनसिंह ढकाललाई १० वर्ष, माधव नेपालीलाई ३ वर्ष, विवाद पाठकलाई ३ वर्ष, हरि वलीलाई ३ वर्ष, प्रितम थापालाई ३ वर्ष, मनिष चौलागाईलाई ३ वर्ष, यमबहादुर बुढामगरलाई ३ वर्ष, दीपेन्द्रसिंह भनिने दीपेन्द्र मल्ललाई ५ वर्ष र केशवबहादुर रोकायलाई ३ वर्षको कैद सजाय सुनाएको छ । यसैगरी दीपक केसीलाई भने सफाई दिएको छ ।

Related News