​झाँक्रीद्वारा महिला बलात्कृत

दृष्टि न्यूज

बर्दिया । झाँक्रीद्वरा एक महिला बलात्कृत भएकी छन् । बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेको रहस्य खुलेको हो । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्दै आएका ती पीडित महिलाले बताएकी छन् । 
पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफूक गरी निको गराइदिने भन्दै पटकपटक बलात्कार गर्ने गरेका थिए । गुरुवाले झारफुक गरेर निको भइहाल्छ की भनेर शुरुवातमा भएको यौन दुव्र्यवहारपछि बलात्कार पनि सहेर बसेको पीडित महिलाको भनाइ छ । 
उनले भनिन्, ‘रोग निको भइहाल्छ की भनेर गुरुवाले आफूमाथि गरेको बलात्कारको घटना बाहिर कसैलाई भनेको थिइनँ । तर मनमा अति पीडा भएपछि कानूनी न्यायको लागि प्रहरीमा गएको हुँ ।’ पीडितले कात्तिक १६ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा आफूलाई बलात्कार गर्ने सुब्बा थारुविरुद्ध बलात्कार गरेको आरोपमा जाहेरी दिएकी छन् ।
इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमका अनुसार घटनाका आरोपित सुब्बा थारुलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिइएको छ । 

Related News