जनआन्दोलन जुलुसमा प्रहरीको लाठी, १९ पक्राऊ

काठमाडौं, २४ चैत्र । 
चैत्र २४ अर्थात आजैका दिन २०४६ सालमा प्रजातन्त्र प्राप्तिको लागि गरेको संघर्ष उत्कर्षमा पुग्नै लाग्दा राज्यले गरेको निर्मम दमनका विरुद्धमा काठमाडौंमा मानव सागर उर्लेर तत्कालिन पञ्चायती व्यवस्थाको जरोकिलो हल्लाउन सफल भएको थियो । सोही दिनको सम्झनामा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मोहन बिक्रम सिंहको मशाल तथा ऋषि कट्टेल नेतृत्वको नेकपासहितका चार दलले निकालेको जुलुसमा प्रहरीले अनावश्यक हस्तक्षेप गर्दा डेढदर्जनभन्दा बढि घाइते भएका छन् । साथै प्रहरीले आफ्ना १९ जना कार्यकर्ता पक्राउ गरेको नेकपा धनगढीले जनाएको छ । 


दिउसो साढे २ बजेको समयमा धनगढीस्थित चौराहामा दोहोरो झडपपछि प्रहरीले पूर्व सभासद डबल बहादुर शाहसहित नेकपाका १९ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको सो पार्टीले जनाएको छ ।
आफुहरुले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरेको भन्दै नेकपाले आपत्ति जनाएको छ । सरकारले अभिव्यक्ति स्वतन्त्रता समेत हनन् गरेको भन्दै बोल्न पाउने संविधान प्रदत्त अधिकारको ख्याल गर्न चेतावनी दिएको छ ।
यसैबीच, बिप्लव नेतृत्वको नेकपाले आज दशैभरि जुलुस निकालेको छ । राजधानी काठमाडौंमा समेत प्रदर्शन गरेको छ । राजधानीको शान्तिबाटिकामा आयोजना गरेको शान्तिपूर्ण रहेको थियो । 

Related News