​धनगढी उपहानगरपालिकामा कांग्रेस विजयी


धनगढी, २४ असार । धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका प्रत्याशी विजयी भएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अन्तिम परिणामानुसार उपमहानगरपालिका प्रमुखमा काँग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११ हजार ५२७ मत पाएका छन् । वड उपमहानगर प्रमुख हुनेमा पहिलो दलित हुनुुहुन्छ । उपप्रमुखमा काँग्रेसकै सुशीला मिश्र भट्ट १७ हजार ४०८ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की रुक्मिणी देवकोटाले १२ हजार ७६३ मत पाएकी छन् ।  

छयहत्तर हजार ४३० मतदाता रहेको उपमहानगरमा ५४ हजार ६५६ मत खसेको थियो । खसेको मतमा प्रमुखमा तीन हजार ९८३ र उपप्रमुखमा दुई हजार ६८९ मत बदर भएका छन् ।

Related News