​धनगढी उपमहानगरपालिकाले दियो सास्ती

दृष्टि न्यूज

धनगढी । जनताले तिरेको करबाट तलब खाने कर्मचारीहरु नै कार्यालयमा नबसेपछि जनताले राज्यको सेवा पाउन सास्ती भोग्न बाध्य हुँदै आएका छन् । धनगढी उपमहानगरपालिकाका कर्मचारीहरु कार्यालय समयमा सम्बन्धित फाँटमा नभेटिदा विभिन्न कामका लागी आउने सेवाग्राहीहरुले रित्तोहात घर फर्किनु परेको गुनासो ब्यक्त गरेका छन् ।  
घरको नक्सापास, जग्गाको मालपोत, बैकिङ कार्यका लागि सिफारिस लगायत अन्य विकास निर्माणका लागि कार्यलय प्रमुख र जनप्रतिनिधिहरु कार्यालयमा नभेटिँदा उनिहरुले सास्ती खेप्नु बाध्य छन् । गत शुक्रबार विहान ११ः३१ बजेको समयमा धनगढी उपमहानगरपालिकामा सिफारिस लिन आएका फुलबारीका राजाराम चौधरी काम नभएर रित्तो हात घर फर्किन बाध्य भए । कृषि विकासबाट ऋण लिनका लागि नगरपालिकाको सिफारिस र मालपोत तिर्न आएका राजाराम डेढ घण्टामा कुरेर पनि काम नभएपछि असारको हतारले घर फर्कन बाध्य भए । 
धनगढी उपमहानगरपालिका ३ की सिता थापा पनि नयाँ निर्माण भैरहेको घरको नक्साको कामका लागि नगरपालिकामा पुगेको दुई घण्टमा सम्म पनि सम्बन्धीत फाँटका कर्मचारी नभेट्दा हैरान व्यहोरेको गुनासो गर्छिन । विहान १०ः०० बजे कार्यालयमा पुगेकी थापाले  नगरपालिकाका ईन्जिनीरयर फेला नपारेको गुनासो थियो । 
धनगढी उपमहानगरपालिकाका विभिन्न फाँटहरुमा जनताको सेवाको लागि समयमै उपस्थिति हुनुपर्नेमा घरको काम काज सकाएर १२÷१ जबेतिर हाँसको पोथी ढल्कदै कार्यालयमा आउने गरेको सोही कार्यालयका एक पियनले गुनासो गरे । ‘हाकिम छैनन्, जनताको काम हुँदैन, हामीलाई गाली गरेर के काम ?’

Related News