धनी क्याम्पसको दरिद्र व्यवस्थापन

दृष्टि न्यूज

वीरेन्द्र रावल, धनगढी । नेपालकै धनी क्याम्पसमा गनिने कैलाली बहुमुखी क्याम्पस धनगढीको व्यवस्थापन पक्षमा देखिएको दरिद्रताका कारण गरिव, विपन्न र असहाय विद्यार्थीहरुले छात्राबासको सुविधा पाउनबाट बिञ्चत हुनुपरेको छ । 
टाढा—टाढाबाट कैलाली बहुमुखी क्याम्पसमा पढ्न आउने विद्यार्थीमध्ये पनि अति बिपन्न, गरिव र अनाथ विद्यार्थीहरुलाई छात्राबास उपलब्ध गराउने सोचका आधारमा तत्कालीन शिक्षामन्त्री डा. मंगलसिद्धमानन्धरले सलन्यास गरेको उक्त भवन निर्माण कार्य सकिएको लामो समय बितिसक्दा पनि क्याम्स प्रशासनले छात्राबास सञ्चालन गर्ने र विद्यार्थीहरुलाई सुविधा प्रदान गर्ने बिषयमा नसोचि दिएका कारण आफूहरुले छात्राबासको सुविधाबाट बञ्चित हुनुपरेको गुनासो विद्यार्थीहरुले गरेका छन् ।
कैलाली बहुमुखी क्याम्पस व्यवस्थापनको चरम लार्पवहीका 
कारण आफुहरुले छात्राबासको सुविधा पाउन नसकेको गुनासो पोख्दछन्—बझाङ जिल्ला घर भई कैलाली बहुमुखी क्याम्पस बिए दोस्रो बर्षमा अध्ययनरत छात्र चेतराज जोशी ।
जोशीले भने– छात्राबास शुरु गरेको भए आफूहरुले बस्न नपाए पनि जसको भाग्यमा थियो ती बिदार्थीहरु त बस्न पाउँथे ।
     यस्तै डोटी घर भई कैलाली बहुमुखी क्याम्पस बिए दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी हरिष भट्टको गुनासो पनि चेतराजको जस्तै छ । हरिष भन्छन्– धनगढीमा अध्ययन गर्नका लागि  कोठा भाडा धेरै महंगो छ । कतिपय विद्यार्थीहरु कोठा भाडा र शुःक तिर्ने पैसा नभएर पढाई छोडेर भारतका गल्ली गल्लीमा भौतारिन बाध्य छन् । कतिपयले पार्टटाइम काम गरेर पढाईको र कोठा भाडाको जोहो चलाइरहेका छन् भने कतिपयले मासिक भाडा तिर्नका लागि बिहानको समयमा पत्रिकासमेत वितरण गरेर जोहो चलाइरहेका छन । हरिष भन्छन्– बनिसकेको छात्राबासमा भने जग्गा जमिन ठेक्कामा लिने ठडेकदार लाई प्रयोग गर्न दिईनु कति सम्मको न्याय संगत हो सोचनीय बिषय बनेको छ । 
    कैलाली बहुमुखी क्याम्पसु स्वतन्त्र विद्यार्थी युनियनका सभापति चुडामणी भट्टले भने– स्थानीय विकास मन्त्रालय मार्फत छात्राबास स्ववियूले बनाएको हो । १ सय बिद्यार्थीसम्म बस्न सक्ने जम्मा १४ कोठे छात्राबास निर्माण गर्ने योजना अनुसरा ९ तल्लो तलामा बनिसकेका र बाँकी ५ माथिल्लो तलामा फिनिसिङ हुन बाँकी रहेका छन । भट्टले भने– पहिलेको स्ववियुले हस्तान्त्रण गर्न नपाएका कारण छात्राबास सञ्चालनमा आउन नसकेको हो । 
     कैलाली बहुमुखी  क्याम्पसका प्रमूख डा. पद्यमराज जोशीसँग यस सम्बन्धमा जिज्ञाशा राख्दा जोशीले यस्तो बताए– तत्कालीन जिल्ला विकास समितिले छात्रावास निर्माण गरेको हो । भवन हस्तानत्रण भइनसकेको अवस्था हो । भवनमा केही मर्मत सम्भार गर्नुपर्ने बाँकी रहेकाले छिट्टै सबै काम सकेर १ सय विद्यार्थीलाई आवासको व्यवस्था गर्नका लागि पहल गरिने पनि क्याम्पस प्रमुख जोशीले बताए । नेपालकै धनी क्याम्पसको रुपमा लिइने कैलाली बहुमुखी क्याम्पसमा हाल जम्मा ९ हजार ५ सय विद्यार्थी संख्या रहेको छ भने क्याम्पसको जम्मा २७ बिगाह जमिनमध्ये ५ बिगाह ठेक्कामा दिइएको र अन्य जमिन खेल मैदान, भवन क्षेत्र र नर्सरीमा रहेको बताइएको छ । 
    विद्यार्थीहरुको ठूलो चाप, मासिक शुल्कदेखि लिएर विभिन्न दात्रृ निकायदेखि लिएर बिश्वविद्यालय अनुदान आयोग लगायतबाट समय समयमा ठूलो सहयोग पाउँदै आएको कैलाली बहुमुखी क्याम्पस भौतिक पूर्वाधारदेखि लिएर अन्य कुरामा निकै धनी भए पनि व्यवस्थापकीय कमजोरीका कारण बाहिर जति राम्रो देखिए पनि आन्तरिक रुपमा पारदर्शितामा निकै कमजोर भएको पनि बताइन्छ । 

Related News