​धराने व्यापारी काठमाडौँमा पुरस्कृत

दृष्टि न्यूज

काठमाडौंँ । स्वास्थ्यसम्बन्धी प्रभावशाली अर्गानिक सामग्री उत्पादन गर्ने नेपालको अर्गानिक वल्र्ड ग्रुप काठमाडौँले आफ्नो साताँै वार्षिकोत्सवको अवसरमा धरानका व्यापारीलगायत २९ जनालाई पुरस्कृत गरेको छ । 
धरानबाट पुरस्कृत हुने निदान इन्टरप्राइजेजका प्रोप्राइटर सम्झना श्रेष्ठ र विष्णु श्रेष्ठलाई  गत साउन २२ गते काठमाडाँैमा आयोजित एक भव्य कार्यक्रमबीच १५० सिसीको मोटरसाइकल प्रदान गरेको छ । अन्य पुरस्कृत व्यापारीहरुमध्ये २ जनाले कार, ९ जनाले मोटरसाइकल र १८ जनालाई दुबईको भ्रमण गराउने भएको छ । 
धरान ९ स्थित भानु सब्जीमण्डीभित्र रहेको निदान इन्टरप्राइजेजले गत वर्ष पनि राम्रो सामान बिक्री गरेबापत ७ दिनको मलेसिया भ्रमण गराएर पुरस्कृत गरेको थियो । यस वर्ष सो इन्टरप्राइजेजले झण्डै ८७ लाख बराबरको सामग्री बिक्री गरेवापत सो पुरस्कार प्राप्त गरेको प्रोप्राइटर विष्णु श्रेष्ठ बताउँछन् ।
 मलेसियाको वैज्ञानिकहरुले अनुसन्धान गरी तयार पारेको दन्तमन्जन, रातो च्याउको सावुन, अनुहारमा लगाउने क्रिम, खानाको विकल्पमा बनाइएका शतिmवद्र्धक रातो च्याउ, समुन्द्रिक झ्याउ र यार्सागुम्वाका क्याप्सुल र जैविक चिया यो कम्पनीले  नेपालमाभित्रै उत्पादन गर्न थालेका छन् । यसअधि यस्ता वस्तुहरु विदेशबाट आयात गरिने हँुदा अर्बौ रुपैयाँ विदेशिने गरेको थियो । नेपालकै जडिबुटी र केही कच्चा सामान मलेसियाबाट झिकाएर तयार पारिएका सामानहरु सस्तो र प्रभावशाली रहेकाले यसको माग दिन प्रतिदिन बढिरहेको कुरा व्यापारीहरू बताउँछन् ।  

Related News