​धार्मिक सेवा केन्द्रभित्रै यस्तो धन्दा

दृष्टि न्यूज

शान्ता अधिकारी, चितवन । चितवनमा पछिल्लो छ महिनामा अचम्म–अचम्मका बलात्कारका घटनाहरु भएका छन् । धार्मिक सेवा केन्द्रमा रहेका अपांग महिला, श्रीमानले पटकपटक बलात्कार गरेका पुरुषले पुरुषलाई नै जबर्जस्ती र सात वर्षका बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । 
भरतपुर महानगरपालिका वडा नं.३ बाह्रघरेमा रहेको श्री गणेश अपांग धार्मिक सेवा केन्द्रमा आश्रित दुई जना अपांग महिलामाथि जबर्जस्ती करणी हुने गरेको घटना सार्वजनिक भएको छ । सो केन्द्रका सञ्चालक बाग्लुङ नगरपालिका १३ घर भई हाल भरतपुर ३ बस्ने वर्ष ३९ का गणेश शर्माले आश्रय लिएर बसेका अपांग महिलाहरुलाई बलात्कार गर्ने गरेका हुन् । केन्द्रमा आश्रित ३५ र १९ वर्षीया दुई जना पीडितले घटनाबारे ढिला मात्र छिमेकीलाई भनेपछि घटना सार्वजनिक भएको हो । वैशाख १ गते घटना भए पनि डरत्रासका कारण ती महिलाहरुले वैशाख ७ गते ढिला गरी प्रहरीमा जाहेरी दिएका छन् । 
भरतपुर ८ गौरीगञ्ज बस्ने बर्ष ३६ का श्रीमानले २७ बर्षीय श्रीमतीलाई जबर्जस्ती करणी गरेको भन्दै पीडित महिलाले श्रीमानविरुद्ध बैशाख ११ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी छिन् । आरोपितलाई वैशाख १० गते नै प्रहरीले गिरफ्तार गरेको थियो । उनीविरुद्ध जबर्जस्ती करणीअन्तर्गत मुद्धा चलाइएको चितवन प्रहरीले जनाएको छ ।
१५ बर्षीया बालिकालाई यौन र्दुव्यवहार गरेको कसुरमा कालिका नगरपालिका ३ का ५१ बर्षीय कृष्णलाल शर्मालाई चितवन अदालतबाट ५ बर्ष कैद सजाय फैसला सुनाइएको छ ।
नौ र सात बर्षीया बालिकालाई करणी गरेको कसुरमा भरतपर महानगरपालिका १४ राधापुरका ७१ बर्षीय कुलप्रसाद पौडेललाई १० बर्ष कैद सजाय सुनाइएको छ ।
त्यस्तै एक जना पुरुषले पुरुषलाई नै जवर्जस्ती गरेको भन्दै निवेदन परेपछि पिडक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरी कारवाही गरिरहेको छ । १ जना बालकमाथि पनि यौन दुव्र्यवहार भएको छ ।
यी त प्रतिनिधि घटना भए । जिल्लामा घरेलु हिंसा अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा १ सय ३१ वटा  निवेदन परेको छ । जिल्लामा ६ महिनाको अवधिमा १३ बालिका जबर्जस्ती करणीमा परेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले सार्वजनिक गरेको पुस १७ गतेदेखि जेठ मसान्तसम्मको तथ्यांकअनुसार १३ जना बालिकालाई जवर्जस्ती करणी, एक बालक र बालिकामाथि यौनर्दुव्यवहार भएको छ । 
इन्सेक चितवनले जिल्ला प्रहरी कार्यालय चितवन, सरकारी वकिलको कार्यालय र जिल्ला अदालत चितवनको स्रोतको आधारमा तथ्यांक निकालिएको इन्सेक जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीले जानकारी दिए ।
जिल्लामा बालिकाहरु जवरजस्ती करणीमा पर्ने घटनामा वृद्धि हँुदै गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिव शर्मा आर्चायले जानकारी दिए । ‘बालिकाहरु सबैभन्दा बढी आफन्तहरुबाट दुरव्यवहारमा पर्ने गरेका छन् । करणीका मुद्धामा सबैभन्दा बढी बालिकाहरु छन् ।’ पाहुना बनेर घरमा आउनेबाट नै बढी मात्रामा बालिकाहरु रेपमा पर्ने गरेको प्रवक्ता शर्मा बताउँछन् । अभिभावकले आफ्ना नानीहरु कहाँ जाँदैछन्, के गर्दैछन् को सँग खेल्दैछन् भनेर निगरानी बढाउनुपर्ने बताए । नबुझ्ने बच्चालाई काखमा लिने, संवेदनशील अंग चलाउने र यौनदुव्र्यवहार, बलात्कार गर्ने क्रम बढ्न थालेको उनले बताए । धेरै संख्यामा आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य बढी यस्ता घटनामा पर्ने गरेको समेत उनले बताए ।
६ महिनाको अवधिमा ३ जना पुरुषको हत्या भएको छ । यसबीचमा ३ जना महिला करणीमा परेका छन् भने ५ जना माथि करणीको प्रयास भएको छ । त्यस्तै बेचबिखनमा १ बालिका ,३ महिलाको मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा ५ वटा बहुविवाहको मुद्धा दर्ता भएको तथ्याङकले देखाएको छ । जिल्ला कारागारमा रहेका कैदीबन्दीको तथ्यांक हेर्दा जबरजस्ती करणी मुद्धामा धेरै छन् । जबरजस्ती करणी मुद्धामा ९९ जनाले सजाय भोगिरहेका छन् । यस्तै ४८ जना जबरजस्ती करणी मुद्धामा परेर अनुसन्धानको प्रक्रियामा छन् ।

Related News