​मेरोजस्तो नियती कसैले भोग्नु नपरोस्ःसिलवाल

काठमाडौं, २७ भदौ 
न्यायको लडाईमा असफल भएपछि  डिआईजी नवराज सिलवालले राजिनामा दिएका छन् । मंगबार प्रेस बिज्ञप्ती जारी गर्दै उनले मंगलबारदेखि नै प्रहरी सेवाबाट अलग भएको बताएका छन् । बिज्ञप्तीमा उनले आफ्नाजस्तो नियती कसैले भोग्नु नपरोस् भनेर समेत कामना गरेका छन् ।
बिज्ञप्तीमा आफुमाथि अन्याय भएको उनको उल्लेख गरेका छन्  । ‘अन्यायमा पर्दा जीवन कस्तो पिडादायक हु“दो रहेछ भन्ने अनुभुतीको आधारमा म अन्यायमा परेका तमाम नागरिकहरुको लागि सशक्त आवाज बन्ने कोशिश गर्नेछु ।’ पहिलो नम्बरका डिआईजी भए पनि सरकारले उनलाई बढुवामा अन्याय गरेको थियो । सिलवालले न्याय माग्दै दायर गरेको रिट मंगलबार सर्वाेच्चले खारेज गरिदिएको थियो । 

के भनेका छन् राजिनामामा सिलवालले ? 
यो व्यवसायिक हक हितका लागि लडिएको न्यायको लडाई थियो । यसलाइ विसुध्द व्यावसायिक र न्यायिक हकको क्षेत्रमा मात्र सिमित गरिनुपर्नेमा यसलाई विष्यान्तर गर्ने कोशिसहरु भए र म मुक दर्शकको रुममा पिडा वोध गरिरहें ।
 

नेपालको राजनितिक परिदृस्यमा लगभग सवैले आलोपालो गरेकै हुन । प्र्रहरीले सत्तामा रहेकाको कानून वमोजिमको आदेश पालना गर्दछ । प्रहरीले कुन राजनीतिक दल भनि नगरे जस्तै आज्ञापलान गर्ने प्रहरी संग कुन दलसंगको निकटत छ वा छैन भनि हेर्न वा त्यस्तो आधारमा व्यावसायिक उन्नति र अवसर गर्न दिने वा नदिने भन्ने कुराको आधार तयार गर्नु पनि मनासिव हुंदैन । एउटा सिपाहिको लागि राजनितिको सर्वोकृष्ट अभिव्यक्ति भनेको कानून नै हो
 

प्रहरी माथि राजनीति गर्ने अथवा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहिरहे सम्म कानूनि राज्य स्थापित हुन सक्दैन । कानूनलाई नै वायाँ हातको खेल वनाउनेहरुवाट प्रजातन्त्र सुरक्षित हुन सक्दैन । प्रहरीको स्वाभिमान गुमाउने षडयन्त्रहरु सफल भैरह्यो भने समाज सुरक्षित र मर्यादित रहन सकदैन ।
 

प्रहरी संगठनलाई जसरी चलाए पनि हुन्छ भन्ने सोच जुन अहिले हुर्किदै गएको छ, त्यो नै हाम्रो प्रजातन्त्रको लागि कलंक होला भन्ने गम्भिर चिन्ता लागेको छ । प्रहरी संगठनको विरुध्द विभिन्न किसिमवाट हस्तक्षेप हुने र त्यसैको एउटा रुप मेरो सम्वन्धमा घटित भएको छ ।
 

जतिसुकै ठूलामान्छे वा शक्तिसालि वा लोकप्रिय किन नहुन प्रहरीको सम्वन्धमा कानून संगत व्यवसायिक र सयमित रहनु पर्ने हुन्छ । यस्ता मूल्यमान्यताहरु स्थापना गर्ने कोशिस गर्दा गर्दे स्वयम म र मेरो प्रयास यसको सिकार हुन पुगेको महसुस गरेको छु ।
 

झट्ट हेर्दा इतिहासको कुनै कालखण्डमा सत्यको पराजय भएको जस्तो देखियता पनि इतिहासले त्यसको मुल्याडकन गर्ने नै हुँदा ‘।यस घटनाको समुचित समीक्षा गर्ने जिम्मा इतिहासलाई नैं छोडि दिनु उचित ठान्छु ।
 

एक जना कर्तब्यपरायण सिपाहि माथि बदनियत राख्दा शासक वर्गहरुको पनि निद हराम हुँदो रहेछ र उनीहरु जनताबाट दण्डित हुनु पर्दो रहेछ । प्रजातान्त्रिक मूल्य मान्यता र कानूनको शासनको उपहास गरी शासन ब्यबस्था सञ्चालन गर्न लालायित अप्रजातान्त्रिक चरित्रहरु दण्डित हुनु भनेको पनि म जस्तो पिडित पुरस्कृत हुनु सरह नैं हो भन्ने अर्थमा वुझ्दा अझ सहज हुन्छ ।
 

स्थापित मूल्य मान्यता माथि धावा बोल्ने र कानूनको शासनमा बिश्वास गर्न नसक्ने अप्रजातान्त्रिक चरीत्रका शासकहरुको शिकार कोहि पनि देशभक्त नेपालीले हुनु नपरोस् ।
 

आन्तरिक सढयन्त्रका अपत्यारीला कडीहरुको विवरण म इतिहाँसको जिम्मामा छोड्न चाहन्छु । मैले जीवन भर पहिला आफै कानूनको परिपालना गर्न र अरुलाई कानून परिपालना गराउनमा लगाएको छु । मेरो आत्मसम्मानलाई प्रहार गर्ने ढंगले कसैले मेरो कर्तव्य परायणतामा प्रहार गर्दा आफ्नो आत्मालाई सोधोस् । मलाई हराउन वा निचा देखाउन हरतरहले लागेकाहरुले पनि जीतको अनुभूति गर्न सकेका त छैनन नै
एयकत लबखष्नबतष्यल

 

Related News