​शिक्षकले गाली गरेपछि छात्राले गरिन् आत्महत्या

दृष्टि न्यूज

नयाँदिल्ली, (एजेन्सी) । भारतको राजधानी नयाँदिल्लीमा ७ कक्षामा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छन् । 
नयाँदिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्रसमेत लेखेको प्रहरीले जनाएको छ । छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटकपटक गालीगलौज गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन सुरु गरेको छ ।

Related News