​दिल्लीलाई छटपटी, बेइजिङलाई खुशी

दृष्टि न्यूज

काठमाडौं । वामगठवन्धनले अहिलेको चुनावमा ल्याएको परिणामले नेपालका दुई छिमेकी मुलुक भारत, चीनमा पनि तरंग गएको छ । लामो समयदेखि सत्ताको पेरिफेरीमा रमाएर बसेको  कांग्रेस नराम्रोस“ग पराजित भएपछि यी दुई छिमेकी मुलुकमा तरंग गएको हो । नेपालको निर्वाचन परिणामबारे दिल्ली र बेइजिङका मिडियाले गरेको टिका टिप्पणीले त्यस्तै संकेत गरेको छ । 
प्रारम्भिक विश्लेषणका आधारमा भन्दा नेपालका वाम गठवन्धनले प्राप्त गरेको परिणामले दिल्लीलाई छटपटी भएको छ भने उत्तरी छिमेकी मुलुक चीन भने खुसी देखिएको छ । 
भारतको खासगरी विदेश मामिलामा संस्थापन निकट मानिने हिन्दुस्तान टाइम्स अंग्रेजी दैनिकले वाम गठबन्धनको जितस“गै नेपालमा केपी ओली प्रधानमन्त्री बन्ने तयारी भएको र अबका पा“च वर्ष चीनको प्रभाव बढ्ने उल्लेख गरेको छ ।
‘नेपालको निर्वाचन परिणामले भारतलाई असहज बनाएको छ, दिल्लीस“ग राम्रो सम्बन्ध नभएका चीन निकट मानिने केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना छ र त्यसो भएमा नेपालको भूरणनीतिमा परिवर्तन आउनसक्ने देखिन्छ’, पत्रिकाले मंगलबार लेखेको सम्पादकीयमा भनिएको छ, ‘अब भारतले चाहे पनि नचाहे पनि नेपालको राजनीतिमा बेइजिङले ठूलो भूमिका खेल्नेछ, दिल्लीले नेपालको नया“ सरकारका चिन्ताहरूलाई सम्बोधन गर्ने इच्छा देखाउनु पर्छ ।’
उक्त पत्रिकाले ‘भारतले चीनको प्रभावलाई सन्तुलित गर्न नेपालको नया“ सरकारस“ग काम गर्नुपर्छ’ शीर्षक मा सम्पादकीय लेखेको थियो । उक्त सम्पादकीयमा भारतीय सरकारलाई सुझाव दि“दै अगाडि लेखिएको छ, ‘तर नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको देखाउनु हु“दैन ।’ 
उता, चीनको एउटा लोकप्रिय अनलाइल पत्रिका गुवानछा डटकमले नेपालमा संविधानअन्तर्गत भएको पहिलो निर्वाचनको परिणाम आउने क्रम जारी रहेको र एमाले–माओवादी वाम गठबन्धनले मंगलबारसम्म अत्याधिक बहुमत ल्याएको भनेको छ । मंगलबार दिउ“सोसम्म प्रतिनिधिसभाका १६५ सिटमध्ये वामगठबन्धनले १०९ सिट जितेको र कांग्रेस चाहि“ २१ सिटमै रोकिएको विवरण तालिकासहित दिएको छ ।
नेपालको संविधानअनुसार प्रत्यक्ष निर्वाचति १६५ र समानुपातिक ११० गरी २७५ सिटमध्ये सामान्य बहुमत १३८ सिट ल्याउ“दा सरकार बनाउन सक्ने भन्दै पत्रिकाले वामगठबन्धन त्यो भन्दा निकै माथि रहेको जनाएको छ । विगत ११वर्षमा नेपालमा १० जना प्रधानमन्त्री भएको सन्दर्भ उल्लेख गर्दै पत्रिकाले यो निर्वाचनपछि धेरै मानिसमा राजनीतिक स्थिरताको आशा बढेर गएको जनाएको छ । पत्रिकाले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विजयी भएको तस्बिर पनि दिएको छ ।
‘अबको सरकारले जनताप्रति इमान्दार भएर काम गर्नेछ र अर्को ५० वर्षसम्म वामपन्थी शक्तिले सरकार चलाउन सक्नेछन्’, पत्रिकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उद्धृत गर्दै भनेको छ । चीनको अनलाइन पत्रिकाले भारतीय मिडियाले चिनिया“ पक्षधर भनेर आरोप लगएका केपी ओली फेरि प्रधानमन्त्री बन्ने क्रममा रहेको पनि जनाएको छ । ‘नेपालका प्रधानमन्त्रीको प्रो चाइना कलरबारे भारत जहिले पनि चिन्तित रह“दै आएको छ’, पत्रिकाले लेखेको छ ।

Related News