​नाटक जीवन्त हुन्छ, फिल्म आर्टिफिसियल- दिया मास्के, रंगकर्मी/नायिका

म्युजिक भिडियोबाट कलाक्षेत्रमा प्रवेश गरेकी दिया मास्केले नाटक हँुदै भुषण दाहालको कागबेनी चलचित्रबाट फिचर फिल्मको अभिनय यात्रा सुरु गरिन् । चलचित्र र रंगमञ्च दुवैलाई उनले अघि बढाएकी छिन् । उनै दियासँग रेजिना पाण्डेको जम्काभेट :
रगंमञ्चको जिन्दगी कसरी चलिरहेको छ ?
उही त हो । थियटरको अभिनयमा नै बढी व्यस्त हुन्छु । व्यस्ततामै चलिरहेको छ जिन्दगी । 
थियटरमा गहिरो नाता बसिसक्यो होइन ?
हो, यो नै मेरो जीवन भइसक्यो ।
जिन्दगी र नाटकमा के फरक छ ?
वास्तवमा मलाई उस्तैउस्तै लाग्छ । नाटकले पनि जीवनमा जस्तै एउटा समाजको कथा बोकेको हुन्छ ।   
तपाईंको बिचारमा सफल रगंकर्मी कसलाई भनिन्छ ?
जो स्टेजमा गएर जीवन्त अभिनय गर्न सक्छ ।
तपाईं आफूलाई सफल रगंकर्मी भन्न सक्नुहुन्छ ? 
सक्छु । ममा त्यो क्षमता छ र अझ निखार्न खोज्दै छु ।  
तपाईंले चलचित्रमा पनि हात हाल्नुभयो नि ?
साथीभाइहरु सबैले सिनेमामा पनि काम गर भनेर अवसरहरु दिए । मैले काम गरेँ । 
रंगमञ्चमा भन्दा नयाँ के पाउनुभयो ? 
पक्कै पनि नयाँ ठाउँमा हात हालेपछि नयाँ त भई नै हाल्छ । सधैँ रियल्र्सल गरेर दर्शकसामु  लाइभ उत्रनु र लाइट क्यामरा भनेर  दोहो¥याएर अभिनय गर्नुमा धैरै फरक छ ।   नाटक जीवन्त हुन्छ चलचित्र आर्टिफिसियल हुन्छ मेरो अनुभव ।   
वैवाहिक जीवन कस्तो चल्दै छ ?
राम्रो छ । आनन्द छ ।  हामी एक अर्काप्रति सन्तुष्ट छाँै ।  
अनुपजी र नाटकलाई पहिलो प्रथमिता कसलाई दिनु हुन्छ ?
दुबै मेरो आखाँ हो एउटाँ आखाँ मात्र छान्न सक्दिनँ । 
अनुपजीसँग तुलना गर्दा को राम्रो कलाकार ? 
अनुपजी । उहाँको तुलनामा ममा अझै निखार आउन बाँकी छ जस्तो लाग्छ । 
रगमञ्चको भविष्य राम्रो छ कि चलचित्रको ?
नाटकको बेग्लै विषेशता छ ।  केही समय नाटक कम देखाए पनि नाटकमा दर्शक बढी देखेको छु । युवा जमातहरु पनि नाटकप्रति निकै हौसिएका छन् । मलाईचाहिँ नाटकमै भविष्य छ जस्तो लाग्छ गर्न सकियो भने ।   

Related News