​‘जि सेभेन’को निष्कर्ष ट्रम्पद्वारा अस्वीकार्य

दृष्टि न्यूज

वासिंगटन, २७ जेठ (एजेन्सी) ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा जारी ठूला औद्योगिक राष्ट्रहरुको समूह ‘जि सेभेन’को सम्मेलनले गरेको निष्कर्षलाई अस्वीकार अस्वीकार गरेका छन् ।
‘हामीले उक्त सम्मेलनको निष्कर्ष स्वीकार गर्न सक्दैनौँ’ ट्रम्पले भनेका छन्, ‘त्यस सम्मेलनपछि जारी गर्ने भनिएको संयुक्त प्रेस विज्ञप्तिलाई पनि हामीले अनुमोदन गर्नेछैनौँ ।’ 
राष्ट्रपति ट्रम्पले उक्त सम्मेलनका लागि क्यानाडामै रहेका अमेरिकी प्रतिनिधिलाई त्यस विज्ञप्तिलाई अनुमोदन नगर्नु भनी निर्देशन दिएका हुन् । क्यानडाले यसअघि भनेको विषयमा अडान दोहोराएर अमेरिकालाई धोका दिएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले सो धारणा राखेका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले अमेरिकामाथि ठूला औद्योगिक राष्ट्रहरूको समूह ‘जी सेभेन’का देशहरूले ठूलो मात्रामा कर लगाइरहेको तर आफूले उनीहरुमाथि करको कुरा गर्दा यस्तो व्यवहार गरेको पनि बताएका छन् ।

Related News