न्यूरोसर्जन डा. देवकोटोको निधन, मंगलबार अन्त्यष्टी गरिने

दृष्टि न्यूज

काठमाडौं । 
वरिष्ठ न्युरो सर्जन तथा पूर्व स्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको न्यूरो अस्पतालले बक्तव्यमार्फत जनाएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको पछिल्लो समय दुवै मृगौला समेत फेल भइसकेका थिए । अस्पतालका बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) का अनुसार सोमबार साँझ ५ः३५ मा डा. देवकोटाले प्राण त्याग गरेका हुन् । 
पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराउँदा समेत निको नहुने देखेपछि डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा अनुसार नेपाल आएका थिए । आफ्नै अस्पतालमा डा. देवकोटाको निधन भएको हो । 


देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिने न्यूरो अस्पतालले बक्तव्यमार्फत जनाएको छ । मंगलबार अपरान्ह नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारका सदस्यले जनाएका छन् । 
डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । 
 

Related News