जुम्लामा अनसन बस्न खोजेका डा. केसीलाई प्रहरी अबरोध

डा. केसीको अनसनमा राजनीतिक गन्ध, स्थानीयबासी डा. केसीको पक्षमा उत्रिए !

दृष्टि न्यूज

काठमाडौं ।
काठमाडौं उपत्यका केन्द्रीत मेडिकल शिक्षालाई देशैभरि विस्तार गर्नुपर्ने मागसहित अनसन बस्न लागेका डा. गोविन्द केसीलाई स्थानीय प्रहरीले अबरोध गरेको छ । स्थानीय प्रशासनले भने डा. केसीको अनसनमा राजनीतिक घुसपैठ भएको आरोप लगाएको छ । अनसनस्थलमा सयौंको संख्यामा स्थानीयबासीहरु समेत भेला भएपछि घुसपैठ भएको स्थानीय प्रशासनले आरोप लगाएको हो ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनसन बस्न खोजेको डा. केसीलाई प्रहरीले अबरोध गरेको छ भने अस्पताल प्रवेशमा अवरोध गरेको छ । अनसन बस्ने तयारीसहित शनिबार दिउँसो प्रतिष्ठानतर्फ जान लागेका डाक्टर केसीलाई प्रहरीले जुम्लाको टुँडिखेलबाट पछ्याएर अघि बढ्न रोकेको स्थानीय पत्रकारले जनाएका छन् ।   
डाक्टर केसी अनसन बस्ने घोषणा गरेसँगै जुम्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । अस्पताल परिसरसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय वरपर २ सय मिटर क्षेत्रमा अनसन, धर्ना र नाराजुलुसजस्ता विरोधका कार्यक्रम गर्न नपाउने जुम्ला प्रशासनले शुक्रबार नै सूचना निकालेर जानकारी गराएको थियो । यस्तो सूचनाका बीचमा आज विहानैदेखि सयौंको संख्यामा स्थानीयबासी भेला भएर स्थानीय प्रशासनको विरोधमा प्रदर्शन समेत गरेका छन् ।   

Related News