समाचारवाचकलाई लालुपातेले लोभ्याउँदा (भिजुअल)


काठमाडौं, २८ असोज । डीआर मूलतः फोटो व्यवसायी हुन् । राजधानीको अनामनगर चोकमै उनको डीआर फोटो स्टुडियो लामो समयदेखि सञ्चालनमा छ । उनी सफल व्यवसायी त हुन् नै उत्तिकै साहित्य सिर्जनामा पनि तल्लीन छन् । उनको गीतिकारिताले लामो यात्रा तय गरिसकेको छ । उनै गीतकार डीआरको हालै एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डीआर म्युजिक सेन्टरले युट्युबमार्फत सार्वजनिक गरेको ‘लालुपाते फूलै फुल्यो डाली लर्काई–लर्काई’ बोलको गीतमा टेलिभिजनकर्मी मनोहरि थापाको स्वर सुन्न सकिन्छ । उक्त गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् । कपिल लामाले निर्देशन गरेको म्युजिक भिडियोमा दुर्गेश र सम्पदाले अभिनय गरेका छन् । भिडियोमा गायक र गीतकारको पनि अभिनय देख्न सकिन्छ । हालै मात्र ‘आत्मभाव’ नामक गीति संगह्र प्रकाशनमा ल्याएका गीतकारले यस गीत राम्रो बनेको दाबी गरे ।


भिजुअल हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Related News