​नारीको अस्तित्व खोजी गर्दै नाटक ‘अश्वेत’

दृष्टि न्यूज

काठमाडौं ।
रङ्गकर्मी राम के.ए.सी. नारी अस्तित्वको खोजी गर्दै रङ्गमञ्चमा देखिएका छन् । राष्ट्रिय नाचघर, जमलमा उनको तेस्रो नाटक अश्वेत प्रदर्शन भइरहेको छ । नाटकमा के.ए.सी.ले नारी अस्तित्वसम्बन्धी प्रश्नलाई जीवन्त र गहकिलो रूपमा प्रस्तुत गरेका छन् । 
युगौँदेखि पुरुष सत्तालाई स्वीकार्दै आइरहेका नारीहरूको अस्तित्व रक्षा हुनुपर्ने पक्षमा नाटकले जोड दिएको छ । नाटकमा पौराणिक तथा वर्तमान सन्दर्भको संयोजन गर्ने प्रयास गरिएको छ । 


आधुनिक समाजमा नारी स्वतन्त्रता र समानताको कुरा गरिए पनि नेपाली समाजमा नारी अस्तित्व अझै दबिएर रहेको यथार्थलाई के.ए.सी.ले प्रस्तुत नाटकमार्फत् जीवन्त चित्रण गर्ने प्रयास गरेका छन् । 
नाटकमा नवआधुनिक रङ्गशिल्पको प्रयोग गरिएको छ । प्रस्तुत नाटकमा अमृता खनाल, प्रदिप बास्तोला, शिवप्रसाद अधिकारी, शिक्षा के.सी. एलिजा अधिकारी, दिलिप खड्का, किरण चापागाईं, तीर्सना राई तथा विज्ञान गजुरेलको अभिनय रहेको छ । नाटक जेठ १९ गतेसम्म मञ्चन गरिने आयोजकले जनाएका छन् ।

Related News