​लाइसेन्समा नयाँ नियम

काठमाडौं, २६ पुस । 
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन यातायात व्यवस्था विभागले नयाँ नियम बनाएको छ। अब लाइसेन्सको फर्म भर्न लाइन बस्न नपर्ने भएको छ। 
 । कर्णालीबाहेकका सबै कार्यालयबाट दैनिक निश्चित कोटा तोकेर अनलाइन आवेदन लिन सकिने व्यवस्था गरेको हो । कार्यालयमै पुगेर आवेदन दिनुपर्ने व्यवस्थाको अन्त्य मंगलबारदेखि कार्यान्वयनमा आएको यातायात व्यवस्था विभागले जनाएको छ। 

यातायात व्यवस्था विभागले मातहतका सवारी चालक अनुमतिपत्र कार्यालयलाई परिपत्र गरी पुस २५ गतेदेखि विभागको वेबसाइटमा रहेको अनलाइन फारम सिस्टम सञ्चालनमा ल्याउन भनेको हो । विभागले लाइसेन्सको वर्ग ‘ए’ (मोटरसाइकल), ‘के’ (स्कुटर) र ‘बी’ (कार÷जिप)को नयाँ र वर्ग थपको अनलाइन दरखास्त दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ । अञ्चल कार्यालयका अनुसार दैनिक कोटा फरक–फरक रहेको छ । दुवै वर्गका लागि निश्चित कोटा तोकेर अनलाइनबाट नै आवदेन दिन सकिने व्यवस्था मिलाइएको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताए । “धेरै समय रोकिएर एक पटक खुल्दा सवारी चालक अनुमतिपत्र लिने सेवाग्राही संख्या धेरै हुँदा उनीहरूले पनि सास्ती भोग्नु परेको र कार्यालयहरूलाई समेत व्यवस्थापन गर्न जटिल भएकाले अनलाइनबाट मात्रै आवेदन दिन सकिने व्यवस्था अनिवार्य गरिएको हो,” उनले भने, “अब कर्णालीबाहेक सबै अञ्चल कार्यालयहरूबाट अनलाइनमै आवेदन दिन सकिनेछ ।” 

Related News