​वीरगंजका फरार लागूऔषध कारोबारी पक्राउ

दृष्टि न्यूज

वीरगंज, २० फागुन। 
लागूऔषध ओसारपसार मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। वीरगंज– २८ घर भएका पुनिलाल राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो। 
वडा प्रहरी कार्यालय, श्रीपुरले उनलाई पक्राउ गरेको हो। लागूऔषध मुद्दामा कुर्मीलाई अदालतले २ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएकोमा उनी फरार रहदै आएका थिए। उनलाई पक्राउ गरी अदालतमा पेश गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका इन्सपेक्टर कुमार प्रसाद मैनालीले बताए। 
गाँजा तस्करीको अभियोगमा पर्सा जिल्ला अदालतले २०७०९ साल माघ २८ गते दोषी ठहर गरेको थियो। 

Related News