​बलत्कारी जोगाउने डिएसपी गृहमन्त्री र आईजिपीबाट पुरस्कृत


काठमाडौं, २ साउन 
आर्थिक प्रभावमा परी बलत्कारपछि हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेर छाड्ने डिएसपी ‘पुरस्कृत’ भएका छन् । रामेछापकी सुन्तली तामाङको बलत्कारपछि हत्यामा संलग्न अभियुक्तलाई उन्मुक्ति दिने डिएसपी संजीव शर्मा दासलाई आइतबार एसपी बढुवामा सिफारीस गरेर पुरस्कृत गरिएको हो । 
आईजिपी प्रकाश अर्याल नेतृत्वको बढुवा सिफारीस समितिले आइतबार ३५ जना डिएसपीलाई एसपी बढुवामा सिफारीस गरेको छ । जसमध्ये शर्मा पनि अटाएका छन् । डिएसपी शर्मा जिल्ला प्रहरी कार्यालय रामेछापको प्रहरी प्रमुख हुँदा  सुन्तली तामाङको बलत्कारपछि हत्या गरेका थिए । हत्या गर्ने श्याम राउतलाई पक्राउ गरेकोमा उनी भोलीपल्टै छाडिएका थिए । त्यसपछि भारत भागेका राउतलाई प्रहरीले गत महिना भारतबाटै पक्राउ गरी ल्याएको हो । डिएसपी शर्मालाई कडा कारबाही गर्न क्षेत्रीय प्रहरी कार्यालय, हेटौंडाले गत साता मात्र सिफारीस गरेकोमा गृहमन्त्री जनार्दन शर्मा र आईजिपी अर्यालले उनलाई कारबाहीको सट्टा बढुवा दिएका छन् । बढुवामा केही इमान्दार अधिकारीहरु छुटेका छन् भने शर्मा भने बढुवामा परेपछि धेरै प्रहरीहरु चकित भएका छन् । 

Related News