
सरकारको गैरजिम्मेवारीले दरबारमार्गका ब्यापारी अन्योलमा

दशैंको मुखमा पसल बन्द हुँदा ब्यापारीहरु मारमा परेका छन् । तर सरोकारवाला निकायले सिल गरेका पसल खुलाउन उदासिनता देखाएपछि ब्यापारीहरु मारमा परेका हुन् । बजार अनुगमनका क्रममा कुनै निकायसँग समन्वय नगरी हचुवाका भरमा गरेका कारण अर्थमन्त्री र आपूर्ति मन्त्रीबीच भनाभन नै भएको छ । दशैंको मुखमा पसल बन्द गर्नुको नियत नै गलत भएको आरोप आपूर्ति मन्त्री र विभागका महानिर्देशकमाथि लागेको छ । दशैंमा घुसका लागि नै पसलहरुमा सिल गरेको आशंका पनि गरिएको छ ।
भन्सारबाट न्यून बिजकीकरण भएका कारण बढी मूल्यमा बिक्री गरेको देखिएपछि आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयका प्रतिनिधि समेत राखी छानबिन गर्न खोजेको थियो । तर अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजार अनुगमन गरी पसल सिल गर्दा अर्थ मन्त्रालयका प्रतिनिधि नराखिएकाले छानबिन गर्नका लागि पठाउन नमिल्ने भनेपछि दुई मन्त्रीबीच भनाभन भएको थियो । सिल लगाउने बेलामा अर्थका प्रतिनिधिको आवश्यकता नदेख्ने तर अहिले अर्थको सहयोग खोजिएकाले नपठाउने जवाफ अर्थले दिएपछि आपूर्ति मन्त्री मण्डल अर्थले असहयोग ग¥यो भन्दै हिंडेका छन् । सिल लगाउन अर्थका प्रतिनिधि चाहिएन, खोल्न किन पठाउने भन्ने तर्क अर्थले राखेपछि मन्त्री मण्डल आक्रोसमा आएका थिए ।
अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार भन्सारमा न्यून बिजकीकरण भएको पाइए ब्यापारीलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिक्रिया दिए । उनले भने–‘हामी हेछौं, करेक्सन गर्नुपर्ने देखिए गर्र्छौ, हामी आपूर्ति विभागले गरेको काममा सहयोग नै गर्छौं । भन्सार मूल्यांकन समसामयिक बनाउँछौं । समन्वय गर्छौ ।’ पसलमा लागेको सिल कहिले खुल्छ त भन्ने प्रश्नमा उनले भने, चेम्बर अफ कमर्सले समन्वय गरिरहेको छ । चेम्बरका अध्यक्ष राजेशकाजीसँग बुझ्नुहोस्, राजस्व सचिव ढुंगानाले भने, आपूर्ति सचिव र आपूर्ति विभागका महानिर्देशक विदेश गए पनि कार्यालयका काम हुन्छन् । सिल भएका पसलका बारेमा निर्णय गर्नुहोला ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले सिल नलगाएका पसलहरु खुलिसकेको बताउँदै सिल भएका पसलहरुको हकमा पनि छिट्टै खुलाउन मन्त्रालय र विभागका अधिकारी सकारात्मक रहेको प्रतिक्रिया दिए । अध्यक्ष श्रेष्ठले भने, ‘ब्यापारीको गल्ती भए कानुन अनुसार संजाय गर्नुपर्छ, भन्सारमा न्यून बिजकीकरण भएको भए त्यसमा पनि छानबिन हुनुपर्छ, तर पसलको सिल खोल्नुपर्छ भन्ने कुरा हामीले राखेका छौं । त्यसमा आपूर्ति मन्त्रालय र विभाग सकारात्मक छन् । छिट्टै सिल खुल्छ ।’
दरबारमार्ग विकास बोर्डका अध्यक्ष गोपालसुन्दर लाल कक्षपतिले अनुगमनको नियत नै गलत भएको बताएका छन् । अनुगमनको शैलीमा आशंका छ, उनले पसलहरु अनुगमन गर्नु ठीक भए पनि सिलबन्दी गर्नु उचित नभएको प्रतिक्रिया दिएका छन् । ब्यवसायीसँग खरिद बिक्री लगायतका कागजात मागिएको छ, कागजात नदिएको अवस्थामा पनि सिल गरिएको छ । अनुगमनपछि ब्यवसायीले बढी मूल्यमा बिक्री गरेको भन्ने कुरा आएको छ, यो गलत हो । सरकारले खुल्ला अर्थतन्त्र अँगालेको छ, ब्यवसायी सरकारले बनाएको कानुनी दायराभित्र रहेका छन् । प्रत्येक सामानको कर तिरिएको छ । बस्तुको बिक्रीलाई मात्र आधार बनाउनुभएन । बर्षभर हुने कारोबारको वासलात(ब्यालेन्ससिट) हेर्नुपर्छ । त्यहाँको पसल भाडा, कर्मचारी खर्च, बिजुली लगायतका खर्च समेत जोडिनुपर्छ । ब्यवसायमा सधैं नाफामात्र छैन, घाटा पनि छ । घाटा भएको बेला सरकारले क्षतिपूर्ति दिने गरेको छैन ।
आपूर्ति ब्यवस्थापन विभागले गएको भदौ १९ र २१ मा दरबारमार्गका पसलहरु अनुगमन गरी केहीमा सिल गरेको थियो । नियत नै गलत राखेर अनुगमन गरिएको विरोधमा ब्यापारीहरुले भदौ २१ देखि पसल बन्द गरेका थिए । चेम्बर अफ कमर्सको पहलमा बन्द पसल खुले पनि सिल लगाइएका पसलहरु अझै खुल्न सकेका छैनन् ।
खेलView More..
भर्खरैView More..
एमाले कार्यकर्ताको हत्या गर्ने गुन्डा नाइके ढकाललाई जन्मकैद
फोटोग्राफरको ध्यान रेखा र शिल्पामाथि
सर्भर डाउन हुँदा कोलेनिका पुल्चोकबाट भुक्तानी अबरुद्ध
विनाशकारी भूकम्पमाथि ‘दृष्टि साहित्य’
‘नेपाल संगीत तथा नाट्य पुरस्कार’ घोषणा
सिद्धिचरण प्रतिष्ठानमा वैरागी काइँला