मेक्सिकोमा शक्तिशाली भूकम्प

दृष्टि न्यूज

एजेन्सीहरु । मेक्सिकोको ओजाका राज्यमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । ओजाका राज्यको पिनोटेपा डि डन लुईज शहर नजिकै केन्द्रबिन्द भएर ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 
२४.६ किमी गहिरो भूकम्पपछि सुनामी आउने अनुमान गरिएपनि सूनामी सचेतना केन्द्रले भूकम्पपछि सुनामीको सम्भावना नरहेको जनाएकोछ । भूकम्पका कारण कैयौं घरहरु भत्किएका छन् भने मानवीय क्षतिको विवरण आइसकेको छैन । 



भूकम्पको धक्का ग्वाटेमालासम्म महसुस गरिएको अर्को समाचार संस्था डेलीमेलले उल्लेख गरेको छ । करिब २ मिनेटसम्म हल्लाइरहेको स्थानीयलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बीबीसी न्यूजका अनुसार चिनियाँ नयाँ वर्ष मनाइरहेको बेला आएको भूकम्पका कारण हजारौं मानिसहरुको बिचल्लीमा परेका छन् । कैयौं घरहरु भत्केका छन् । सरकारले उद्धार तथा राहत वितरण कार्य सुरु गरेको जनाएको छ । आपतकालिन सेवाका नम्वहरु खुल्ला गरिएको छ । 
पाँच महिनाअघि अर्थात गत १९ सेप्टेम्बरमा पनि यही क्षेत्रमा भूकम्प जाँदा ३ सय जनाको मृत्यु भएको थियो । 

Related News