​राष्ट्रपतिको गरिमा र नागरिकको स्तर

मुलुकको सर्वोच्च राजकीय संस्था राष्ट्रपति कार्यालयका निम्ति आवश्यक सवारी साधन खरिदका निम्ति सरकारले अघि बढाएको प्रक्रियाबारे विभिन्न टीका टिप्पणी भएका छन् । यो बहस सार्वजनिक तहमा पुगेपछिका टीका टिप्पणी सभ्य र मर्यादित बन्न सकेको देखिएन । राष्ट्रपति विद्यादेवी भण्डारीप्रति अन्त्यन्त असभ्य गालीगलौजदेखि अशोभनीय टीका टिप्पणी जनस्तरबाट भएको पाइयो । इन्टरनेटमा आधारित सामाजिक सञ्जालहरुमा निम्न कोटिका सामग्रीहरु प्रसार गरिनु चिन्ताको विषय हो ।
सञ्चार माध्यमले सार्वजनिक खरिदको प्रक्रियामा पारदर्शिता, आवश्यकता र औचित्यको कोणबाट प्रश्न उठाउनु र बहस—छलफल चलाउनुलाई अन्यथा मान्न सकिन्न । सार्वजनिक जवाफदेहितायुक्त प्रणालीमा यो आवश्यक पनि छ । यसले नै स्वस्थ, सुशासनयुक्त र पारदर्शी प्रणालीको स्थापना, संवद्र्धन र सुदृढीकरणमा मद्धत पुग्दछ । प्रायशः नेपालका सार्वजनिक पदाधिकारी व्यक्तिगत सुविधा एवं विलासी सोचलाई मात्रै केन्द्रमा राखेर राज्यस्रोतको अपव्यय गर्ने, व्यापारीहरुको लबिङ र कमिसनको चक्करमा फस्ने कारणले पनि औचित्यहीन खरिद गर्ने प्रवृत्ति बढ्दो छ । त्यही कारण पनि कतिपय अवस्थामा असल नियत र आवश्यकताको विश्लेषण गरी अघि बढाइएका खरिद प्रक्रिया पनि विवाद र प्रश्नको घेरामा पर्ने गर्छन् ।
पछिल्लो प्रकरणमा राष्ट्रपतिको व्यक्तिगत चाहना वा विलासी सोचका कारण राष्ट्रिय ढुकुटीमाथि भार पर्ने काम भएको हो भने आलोचना अन्यथा होइन । तर, सुरक्षा निकायहरुले धेरै अघिदेखि नै सुरक्षा चुनौतीको सम्बोधन र व्यवस्थापन गर्न, साथै विदेशी राष्ट्रप्रमुखहरु आउ“दा प्रयोग गर्न मिल्ने बुलेट प्रुफ गाडी आवश्यक रहेको औ“ल्याउ“दै आएका हुन् । २०७२ सालदेखि नै यस विषयको उठान भएको हो । आवश्यकता, सुरक्षा तथा प्राविधिक पक्षको विश्लेषण गरी नया“ गाडी खरिद गर्नुपर्ने निष्कर्षमा प्राविधिक  एवं सुरक्षा विज्ञहरुको निष्कर्षका आधारमा बजेटमा यो प्रसंग राखिएको हो । बजेटमा राखिए पनि सरकारका तर्फबाट यसको कार्यान्वयनमा उदासीनता देखिएको छ । यसबाट कतै यो सरकार वा कुनै अधिकारी सुनियोजित रुपमा राष्ट्रपतिको छविमा प्रहार गर्न उद्यत भएका त होइनन् भन्ने आशंकासमेत उठ्दछ । 
सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रिया, सम्प्रेषित रेखाचित्र अश्लील, मर्यादाहीन, स्तरहीन छन् । कतिसम्म भने राष्ट्रपति भण्डारीको वैधव्य अवस्थामाथि असंवेदनशील तवरले प्रहार गरी निम्न कोटिका हर्कतहरु सामाजिक सञ्जालहरुमा आए । प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाललाई नै दूषित पार्ने कार्यमा कोही सुनियोजित रुपमा लाग्छ भने त्यस्तालाई कारवाहीको भागीदार बनाउन राज्यले ढिला गर्नुहु“दैन ।
वंशका आधारमा राष्ट्रप्रमुख छानिने व्यवस्थाप्रति असन्तोष व्यक्त गर्दै नेपालीको जनसागर ०६२÷६३ को आन्दोलनमा उर्लिएको थियो । त्यसैको फलस्वरुप हामीले निर्धक्कस“ग बोल्ने स्वतन्त्रता पायौ“ । राष्ट्रप्रमुखमा सर्वसाधारणका छोराछोरी पुग्न सक्ने व्यवस्था ल्यायौ“ । यही कारण ऐतिहासिक रुपमा उपेक्षित महसुस गर्ने मधेसी समुदायका प्रतिनिधिस्वरुप डा. रामवरण यादवजस्ता सम्मानीत राष्ट्रपति हामीले पायौ“ । त्यसले सिंगो मधेसी समुदायले त स्वाभिमान र गौरवको अनुभूति गर्न सक्यो नै, साथै नेपाली जनताको छोरो त्यो सर्वोच्च पदमा पुग्दा मुलुकको जुनकुनै भागको नेपालीमा राष्ट्रप्रति अपनत्वको भावधारा जागृत गरायो ।
त्यसैगरी अहिले संसारलाई नै उदाहरण बन्ने गरी हामीले महिला राष्ट्रपति पाएका छौ“ । राष्ट्रपति विद्यादेवी भण्डारीको त्यो उपस्थितिले सिंगो नारीजगतको आत्मविश्वास बढाएको छ । हाम्रा धेरै सामाजिक कुप्रथाहरु, छोरीहरुप्रति गरिने विभेद र अत्याचारहरु अनि हाम्रो सामाजिक संरचनाका कारण छोरीहरु स्वयंमा हुर्कन सक्ने हिनताभावलाई किनारा लगाउन प्रत्यक्ष—परोक्ष भूमिका खेलेको छ । पुरुषले जस्तै नारीले पनि राष्ट्र र राज्य हा“क्न सक्छन् भन्ने सन्देश हाम्रा छोरीहरुमा छर्न सकिएको छ ।
हाम्रो संघर्ष सामेली राज्य व्यवस्थाका निम्ति, समावेशी लोकतन्त्र र सामाजिक न्यायसहितको समुन्नतिका निम्ति हो भने ०६२÷६३ को अँन्दोलनको उपलब्धिस्वरुप स्थापित संस्थाप्रति सम्मान र गौरवको अनुभूति हामीमा हुनैपर्छ । ती संस्थाप्रतिको आस्थाले नै यो व्यवस्था बलियो र दीगो बन्ने हो । यो संस्थाको छवि अभिवृद्धि गर्न हामी सबैको भूमिका छ । नागरिकको भूमिका केवल चुनावका दिन भोट हाल्ने र बा“की सबै दिन राज्यका पदाधिकारी एवं संस्थाहरुलाई गाली गर्ने मात्रै हुने हो भने हामी कहिल्यै सभ्यता र उन्नतिको शिखर चुम्न सक्ने छैनौ“ । परिवर्तनलाई दीगो र संस्थागत गर्न सक्ने छैनौ“ । अराजकता र भीडतन्त्रले हामीमाथि शासन गर्न थाल्यो भने अहिले पाएको बोल्ने र राज्यस“ग दाबा गर्ने अधिकार पनि गुमाउनेछौ“ । 
हामी नागरिकको अभिव्यक्तिको स्वतन्त्रता सीमारहित हुन सक्दैन । हाम्रो बोलीमा लगाम हामीले नै लगाउनुपर्छ । राज्यले डन्डा बजाएर लगाम लगाउने अवस्था आयो भने त्यो लोकतन्त्रका निम्ति हितकर हुने छैन । तसर्थ, स्वस्थ सामाजिक सञ्जाल र मर्यादित बहसका निम्ति हामीले नै आफूलाई सम्हाल्नुपर्छ । नागरिकले प्रदर्शन गर्ने अनुशासन र नैतिकताले नै हाम्रो राज्यको संस्कार र सभ्यताको स्तर निर्धारण गर्छ । हामी आफैले जन्माएको संस्थामाथि हामीले नै निर्मम प्रहार, स्तरहीन आलोचना र पतनशील व्यवहार गर्न थाल्यौ“ भने हामीस“ग गौरव गर्ने कुरा केही बा“की रहने छैन । सभ्यताको रछ्यानमा पुगेको समाजले कहिल्यै उन्नतिको मार्ग भेट्न सक्दैन, शान्ति र सुव्यवस्थामा रमाउन सक्दैन । जुन समाजले आफ्ना जुम्रा लुकाउन र अरुका भै“सी कोट्याउनमै बढी समय खर्च गर्छ, त्यहा“ रचनात्मकता, सुन्दरता र सौहाद्र्रता हराउ“छ । 
अन्त्यमा, अहिलेलाई के भन्न सकिन्छ भने गाडी राष्ट्रपतिलाई व्यक्तिगत प्रयोजनका निम्ति किन्न लागिएको होइन । राष्ट्रपति व्यक्ति नभई संस्था हो । संस्थामा आज एउटा व्यक्ति हुन सक्छ, भोलि अर्को आइपुग्छ । आज भण्डारीले प्रयोग गर्ने गाडी भोलि अर्को राष्ट्रपति आउ“दा उनैले प्रयोग गर्नेछन् । त्यसकारण पनि बुलेटप्रुफ गाडी खरिदमा एक्लो विद्यादेवी भण्डारीलाई जिम्मेवार ठह¥याउनु न्यायोचित पनि हु“दैन ।

Related News