​राष्ट्रघातको पीडामा तराई

मुलुकको दक्षिणी तराई मधेस वर्षाका कारण जलमग्न छ । ५१ प्रतिशत जनसंख्या रहेको यस क्षेत्रको जनजीवन बाढीका कारण अस्तव्यस्त बनेको छ । राष्ट्रिय जनसंख्याको करिब ५१ प्रतिशत बसोवास रहेको यस क्षेत्रमा बाढीका कारण १ सय १९ जनाको मृत्यु भइसकेको छ भने, १६ जना हराइरहेका छन् । नेपाल रेडक्रस सोसाइटीका अनुसार, ६० जना घाइते छन् । करिब ४५ हजार परिवारको आफ्नो थातवासबाट उठीवास भएको छ । ३ लाखभन्दा बढी परिवार बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन् । १० हजार हाराहारी घर पूर्णतः ध्वस्त भएका छन् । ३० हजार घर जीर्ण बनेका छन् । 
आवासविहीन भएकाहरु हप्तौ“देखि खुला आकाशमा रात बिताउन बाध्य छन् । एकातिर आफन्तजन गुमाउनको पीडा, अर्कोतिर थातवासको बेठेगान । अभिभावकविहीन र घरवासविहीन बालबालिकाको सहाराविहीन अवस्था हेरीनसक्नु छ । यस्तो बिजोग अवस्थामा सरकारले न आफैले राहत र उद्दारका प्रभावकारी कदम चाल्न सकेको छ । न त अन्य स्वयंसेवीहरुलाई सहज प्रवेश दिएको छ । 
यस विपदले ज्यान जोगिएकाहरुमा पनि आगामी दिनमा कहा“ र कसरी जीविका गर्ने भन्ने चिन्ता थपिदिएको छ । मरेका वस्तुभाउ, खानेपानी र सरसफाइको उचित व्यवस्थापन हुन नसक्दा तत्कालै अर्को महामारी फैलने खतरा उत्तिकै छ । वस्तुभाउ र बालीनाली समेत नष्ट भएका कारण कैयौ“ परिवारको जीविका नै संकटमा परेको छ । यस्तो दयनीय अवस्थाप्रति नेपाल सरकार अनभिज्ञ र उदासीन देखिन्छ । तत्काल राहत र उद्दारका काममा खटिनुपर्ने सरकार निकम्मा बनेकै कारण पीडितहरु थप पीडामा छन् । 
तराई क्षेत्रमा देखिएको यो समस्या नौलो होइन । हरेक वर्ष दोहोरिरहन्छ । यतिखेर संयोग के परेको छ भने सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस नै यो विपदाको प्रमुख कारकमध्ये एक हो । विगतमा कांग्रेसकै नेताहरु मातृकाप्रसाद कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्मका नेताहरुले भारतस“ग गरेका सन्धि–सम्झौताको प्रतिफलस्वरुप नेपालले यो पीडा भोग्दै आएको छ । र, हरेक वर्ष नेपाली जनताले अकल्पनीय पीडा र वेदना खेपिरहनुपरेको छ । अन्तर्राष्ट्रिय कानुनका सीमा र मर्यादालाई समेत नाघेर भारतले नेपालको सीमावर्ती क्षेत्रमा बनाएका बा“ध तथा ठूला संरचना निर्माण हुनबाट रोक्नका निम्ति उचित भूमिका खेल्न नसक्ने नेपालका शासकहरुको लम्पसारवादी सोचका कारण बर्सेनि उत्तरोत्तर बढ्दो क्रममा क्षति बेहोर्नुपरिरहेको छ ।
कोशी, गण्डकजस्ता ठूला नदीहरुलगायत भारतले सीमा क्षेत्रमा निर्माण गरेका बा“ध नेपालको तराई जनजीवनको सबैभन्दा ठूला अभिशाप हुन् । आफ्नै भूमि भएर बग्ने नदी सुख्खा याममा प्रयोग गर्न सक्दैनन् नेपालीले । पानीजति सबै आफ्नोतिर डो¥याएर भारतले लैजान्छ । जब बर्खा सुरु हुन्छ र पानीको मात्रा बढ्छ, अनि आफुनो तिरका ढोका बन्द गरी नेपाली भूमिलाई जलमग्न पार्छ भारतले । नेपाली जनता र राष्ट्रियतालाई समेत बलि चढाएर भारतलाई यो सुविधा दिने नेपाली कांग्रेसले यतिखेर सत्ताको नेतृत्वमा हु“दा निर्धक्कस“ग भन्न सक्नुपथ्र्यो, विगतमा गल्ती भयो र अब यस्ता असमान सन्धि खारेज गरी त्यस्ता अन्यायपूर्ण संरचना भत्काउ“छौ“ ।
यसैबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीस“ग प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिफोन संवाद गरेको समाचार आएको छ । र, मोदीले सहानुभूति प्रकट गरेको र आर्थिक सहयोग गर्ने वचन दिएको बताइएको छ । तर, यतिखेर हामीलाई चाहिएको कृत्रिम सहानुभूति वा आर्थिक सहयोग होइन । हामीलाई चाहिएको छ त केवल नेपाली जनताले बेहोर्दै आएको मानवीय संकटको समाप्ति । 
यही मेसोमा देउवा भारत भ्रमणको तयारीमा छन् । वास्तवमा राजनीतिक आशिर्वाद खोज्नुबाहेक उनको भारत भ्रमणको अर्को कुनै प्रयोजन देखि“दैन । देउवाले चाहेमा कांग्रेको निधारमा लागेको राष्ट्रघातको दाग मेटाउने अवसरका रुपमा उपयोग गर्न सक्छन् ।  

Related News