​निर्वाचन आचारसंहिता आजदेखि, अनुगमन गर्न सचिव खटिए

काठमाडौं १५ भदौ । निर्वाचन प्रभावित नहोस भनेर निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन आचारसंहिता जारी गरेको छ । आचारसंहिता आजदेखि लागू हुने भएको छ । आचारसंहिता उल्लघन गरे निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । वा उम्मेदवारी रद्द समेत गर्न सक्नेछ । 
आचारसंहिता जारीपछि सरकारले कुनै पनि कर्मचारीको सुरुवा, बढुवा तथा पदस्थापन समेत गर्न पाउँने छैनन् । हुन त यसअघि पनि यस्ता आचारसंहिताको उल्लघन धेरै पटक भईसकेको छ । आयोगले जारी गरेको आचारसंहिता सरकार, सरकारका मन्त्री, स्थानीय र कर्मचारी, सार्वजनिक संस्था तथा कर्मचारीलाई लागू हुनेछ । एमाले नेता माधव कुमार नेपालले समेत आचारसंहिता मिचेको आरोपमा स्पष्टीकरण सोधेको थियो । उनले चुनाव हुने क्षेत्रमा एमालेको निर्वाचन छाप अंकित टोपी लगाएका थिए ।
अनुभमनकालागि ७ अधिकृत निर्वाचन स्थलतर्फ
निर्वाचन कार्यालयका सूचना अधिकृत सूर्यप्रसाद अर्यालका अनुसार आजै तराईका ८ जिल्लामा अनुगमनकालागि सचिव र सहसचिवहरु खटिएका छन् । उनीहरु निर्वाचन हुदासम्म निर्वाचन हुने क्षेत्रहरुमा निर्वाचन आचार सहिता उल्लघन भएनभएको अनुगमन गर्नेछन् ।  

Related News