इंग्ल्यान्ड हराउदै क्रोएसिया पहिलोपटक फाइलनमा

दृष्टि न्यूज

काठमाडौं ।

रसियामा भइरहेको विश्वकप २०१८ को दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै क्रोएसियाले फ्रान्ससँग उपाधि भिडन्त पक्का गरेको हो। इंग्ल्याण्डले भने अब तेस्रो स्थानको लागि बेल्जियमसँग खेल्नेछ।

अतिरिक्त समयमा मारियो माज्डुकिकले निर्णायक गोल गरेपछि इंग्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले रसियामा जारी विश्वकपको फाइनलमा स्थान बनाएको छ । टोलीले विश्वकपको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो ।


बुधबार सम्पन्न खेलमा क्रोएसिया र इंग्ल्यान्डले ९० मिनेटसम्म १–१ गोलको बराबरी खेलेका थिए । इङल्यान्डलाई ट्रिपियरले खेलको ५ औं मिनेटमै अग्रता दिलाएका थिए । तर निकै आक्रामक देखिएको क्रोएसियाबाट खेलको ६८ औं मिनेटमा इभान पेरिसिकले बराबरी गोल फर्काए । 

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थपियो।

विश्वकपको इतिहासमा अतिरिक्त समयको गएको यो नवौँ सेमिफाइनल हो। यसअघिका ८ सेमिफाइनल मध्ये ५ सेमिफाइनलको नतिजा पेनाल्टीसुटआउटबाट टुङ्गो लागेको थियो।

Related News