स्वीडेनलाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश

दृष्टि न्यूज

काठमाडौ– रसियामा जारी विश्वकपमा स्वीडेनलाई पराजित गर्दै इंग्याल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार साँझ आएको खेलमा इंग्ल्याण्डले स्वीडेनलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३०औंँ“ मिनेटमा ह्यारी मकग्वायरले कर्नरमा हेडमार्फत गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा जेसे लिन्डगार्डको पासमा डेली अलीले गोल गरेपछि इंग्ल्याण्डले  अग्रता दोब्बर बनाए ।

त्यसअघि स्वीडेनले प्रहार गरेको गोल इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले उत्कृष्ट बचाउ गरेका थिए । त्यस्तै ६४आँै“ मिनेटमा उनले भिक्टर क्लाएसनको प्रहारलाई रोक्दै इंग्ल्याण्डको अग्रता जोगाए । त्यसपछि कुनै गोल हुन सकेन र इंगल्याण्डले खेल आफ्नो पक्षमा पार्न सफल भयो । 

इंग्ल्याण्डले अब सेमिफाइनलमा आयोजक रुस र क्रोएसियाबीचको खेल विजेतास“ग भिड्नेछ । इंग्ल्याण्डले सन् १९६६ मा पछिल्लोपटक विश्वकपको उपाधि जितेको थियो । 

Related News