इसेवामार्फत एटिसी मोबाईल रिचार्ज अबरुद्ध

दृष्टि न्यूज

काठमाडौं । 
अनलाईन भुक्तानी प्राणाली इसेवामार्फत नेपाल टेलिकमको प्रिपेड र पोष्टपेड फोन रिचार्ज अबरुद्ध भएको छ । आज अपरान्हदेखि अबरुद्ध बनेपछि हजारौं सेवाग्राही मर्कामा परेका छन् । विहान ११ः३० बजेदेखि अबरुद्ध सेवा यो समाचार तयार गर्दासम्म खुलेको छैन । इसेवाका प्राविधिक शाखाकी कर्मचारी मालती तामाङले अनुसार सिष्टम इररका कारण सेवा अबरुद्ध भएको र छिट्टै खुल्ने जानकारी दिइन् ।

एनसेल सिम रिचार्जमा कुनै समस्या नभए पनि नेपाल टेलिकमको रिचार्जमा भने समस्या आएको इसेवाले जनाएका छ । समस्याबारे कारण खुलाएको छैन ।
 

Related News