​एभरेष्टको एटिएम अब सोह्रखुट्टेमा पनि

काठमाडौं, २४ पुस । एभरेष्ट बैंक लिमिटेडले सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ भारतीय दुतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा आफ्नो एटिएम सेवा एक कार्यक्रम बीच सञ्चालन गरेको छ ।
एटिएमको उद्घाटन पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा.राम. एस. साङ्गापुरेले गरेको बैंकले जनाएको छ  । कार्यक्रममा कर्नल मनराज सिंह मान, रक्षा सहचरी, भारतीय दुतावास, सोमेश्वर सेठ, बैंकका संचालकहरु लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
बैंकको संचालकहरुको बैठकमा बैंकको कर्पाेरेट धुनको पनि विमोचन गरियो जसलाई बैंकले आफ्नो श्रव्य–दृष्य सामाग्रीहरुमा प्रयोग गर्नेछ ।
एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम सञ्चालनमा ल्याएको छ ।

Related News