​एभरेष्टले बाँडे वृद्धवृद्धालाई लुगा

काठमाडौं, २६ पुस । एभरेष्ट बैङ्कले पशुपतिनाथ मन्दिरमा रहेको वृद्धाश्रमका वृद्धवृद्धालाई जाडो छल्न न्यानो लत्ता कपडा बितरण गरेको छ  । 
मन्दिर परिसरमा एक कार्यक्रमबीच  पञ्जाब नेशनल बैङ्कका कार्यकारी निर्देशक डा. राम एस साँपुरे, एभरेष्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले संयुक्त रूपमा आश्रममा आश्रित वृद्धवृद्धालाई न्यानो कपडा बितरण गरेका थिए ।
बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बताएको छ । यसअन्तर्गत स्वास्थ्य, शिक्षा, जनचेतना, पूर्वाधारलगायत क्षेत्रमा सहयोग जारी राख्ने पनि बैङ्कको भनाइ छ । 

Related News