​अशक्त बालबालिकालाई एभरेष्ट बैंकको सहयोग

काठमाडौं, १७ मंसिर । एभरेष्ट बैंकले विश्व अपांगता दिवस अवसरमा सिआरएसअन्तर्गत अशक्त बालबालिकालाई सहयोग गरेको छ । बैंकले आइतबार लगनखेलको नमुना मेहेन्द्र सेकेन्डरी स्कुलका दुष्टिविहीन विद्यार्थीलाई आवश्यक सामग्री वितरण गरेको हो । 
बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नायब महाप्रबन्धक राजीव जैनले संयुक्त रूपमा सहयोग सामग्री वितरण गरेका थिए । बैंकले सिआरएसअन्तर्गत विभिन्न सामाजिक कार्य देशभर फैलिएका विभिन्न शाखाबाट पनि सञ्चालन गरिएको बताएको छ । हाल बैंकले ६४ शाखा, २ एक्स्टेन्सन काउन्टर, २८ राजस्व काउन्टर, ९४ एटिएम र ५ हजारभन्दा बढी भुक्तानी एजेन्टका माध्यमबाट सेवा दिँदै आएको छ ।

Related News