​एभरेष्ट बैंकको ७० प्रतिशत बोनस पारित हुँदै

काठमाडौं, २३ पुस । एभरेष्ट बैकं लिमिटेडले आहिले बसिरहेकोे २२ औं साधारण सभाबाट लगानीकर्ताहरुको लागि ७० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ ।
बैंकको यस सभाले आफ्नो लगानीकर्ताहरुको लागि ७० प्रतिशत बोनस शेयर र ३ बराबर १ को अनुपात मा हकपद शेयर पारित गर्ने बैंकले जनाएको छ । यसको अतिरिक्त आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिबेदनमाथि छलफल र मर्जर गर्ने नगर्ने बिषयमा समेत प्रस्ताब पारित गर्नेछ । हाल २ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको बोनस शेयर वितरणपछि चुक्ता पुँजी ४ अर्ब ६६ करोड रुपैयाँ पुग्ने छ । यसैगरी उक्त हकपद निष्कासन पछि बैंकको चुक्ता ६ अर्ब २० करोड रुपैयाँ माथि पुग्नेछ ।

Related News