हप्तैपिच्छे सुन्दरी

एक्काइसौं शताब्दीको संघारसम्म आइपुग्दा थुप्रै सौन्दर्य प्रतियोगिताहरू सम्पन्न भइसकेका छन् । अब महिनैपिच्छे, हप्तैपिच्छे सुन्दरी प्रतियोगिताहरूको होडबाजी छाएको छ । तर जति पटक पनि सौन्दर्य प्रतियोगिताहरूको विषय उठाइन्छ, समाजमा नाक खुम्च्याउने भलाद्मीहरू प्रकट भइहाल्छन् । वास्तवमा सौन्दर्य प्रतियोगितालाई राष्ट्रिय प्रतियोगिताको दर्जा दिई यसभित्रको सत्यतालाई स्वीकार्नु पर्छ । यस्ता प्रतियोगितालाई किन संकुचित दृष्टिले हेरिन्छ ? यसको इतिहास के हो ?
सन् १९५९ मा स्कटल्यान्डमा त्जभ ँचष्कत पलयधल दभबगतथ उबनभलत को सुरुआत भएको थियो । सुन्दरी भइन्– जरजिया सेमोर । उच्च दर्जाका रइस–एउवर्ड सेमोरकी श्रीमती । जरजिया सेमोरलाई ‘क्वीन अफ व्यूटी’को उपाधि दिइयो ।
सन् १८८० बाट ब्यूटी पेजेन्ट चर्चित हु“दै आयो । औपचारिक रुपमा सुन्दरी प्रतियोगिता सन् १९२० मा बेलायतको नाटक मञ्चमा काम गर्ने र हल सञ्चालन गर्ने एक कम्पनीका जनसम्पर्क अधिकृत ‘एरिक मोर्ले’ले सुरु गरेका थिए । स्थानीयस्तरको सुन्दरी प्रतियोगितामा ‘नाम र दाम’ दुवै प्राप्त भएकाले त्यसबाट अत्यन्तै उत्साहित र प्रेरित भएर एरिक मोर्लेले सन् १९५० मा मिस वल्र्ड प्रतियोगितालाई जन्म दिएका थिए ।
अहिले हामी कहा“ पनि सुन्दरी प्रतियोगिताको लहर तीव्र रुपमा बढ्दै छ । नेपालमा मिस नेपाल सौन्दर्य प्रतियोगिता मात्र होइन, मिस पोखरा, मिस धरान, मिस वीरगन्ज, मिस बुटवलस“गस“गै मिस नेवाः, मिस तामाङ, मिस शेर्पा, मिस मारवाडी विभिन्न जातिवादमा सुन्दरी प्रतियोगिता आयोजित भइरहेको छ । सुन्दरीहरूलाई विभिन्न जिल्लाबाट समेटिएर, सम्पूर्ण नेपालको अभिभारा बोकाएर मिस नेपाल बनाउने एउटा गौरवान्वित प्रतिस्पर्धा हो– ‘नेपाल सुन्दरी ।’
जुन सन् १९९४ मा पहिलो पटक नेपाल सुन्दरी प्रतियोगिता काठमाण्डू जेसिसले आयोजना ग¥यो । नेपाल एक सिंगो राष्ट्रहरू नेपालीहरूको । एकता–मौलिकता–शिष्टता हाम्रो उदाहरण हो । तर यस्तो उत्कृष्ट उदाहरणलाई टुक्र्याउन खोज्ने, घिनौना अवतारमा लुकेका जातिवादमा प्रतिस्पर्धा गराउने, निन्दनीय विचारहरूको खेती गर्ने, केही क्षणिक इज्जत र थुप्रै दाम कमाउनेहरूको कमी छैन । फलस्वरुप त्यस्ता सुन्दरी प्रतियोगिता गराएर न त सुन्दरीहरूको भलो भएको छ, न फेशन इन्डस्ट्रिजहरू फस्टाएका छन् । खल्ती गरम भएको छ, सिर्फ ती आयोजकहरूको । जसले प्रवेश शुल्कमा नै सुन्दरीहरूस“ग मोटो रकम लिई डकारी पनि सक्छन् ।
सुन्दरी प्रतियोगिता यस्तो प्रतियोगिता हो जसमा शारीरिक, चारित्रिक, बौद्धिक पक्षलाई मध्येनजर राखी प्रतिभालाई उजागर गरिन्छ । नकि नेपालको भेषभुषा, भाषा, संस्कृतिलाई छुट्याउने †
‘सयथरि बाजा एउटै ताल, सयथरि गोडा एउटै चाल’ जति थरि–भाषा भए पनि, पोशाक भए पनि हामी नेपालीहरू नेपाली नै हौं । हाम्रो पहिचान अलगिनु हुन्न । हाम्रो शिर सगरमाथा हो– संसारको एक मात्र सबैभन्दा अग्लो । हाम्रो शरीर बुद्ध हो– शान्तिको प्रतीक । हामीले टेक्ने पैताला हाम्रो धरातल जानकी हो– अति सहनशील । हामी वीर लडाकु हौं– गोर्खाली । र, पनि किन हामीमा भिन्नता, भेदभाव ?
महिला सशक्तिकरण वा समान अवसर दिलाउनेहरूले हाम्रो समाजमा मिस नेपालजस्तो आधुनिक जीवनशैलीलाई अपनाउन नसक्ने अवस्था स्वाभाविक नै हो । यसको विरोध अहिले होइन उहिलेदेखि नै चलिआएको चलन हो । यसलाई जातिवाद, यौन विकृति वा ग्ल्यामर व्यवसायमा जोडिए पनि यो एक आधुनिक समयको माग हो । नारी स्वतन्त्रताको युगमा सुन्दरी प्रतियोगिताले नारीभित्र अन्तरनीहित प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गर्छ । यो एक किसिमको पश्चिमी सभ्यताको ठाडो सिको भए पनि यसलाई हामीले संस्कृति, परम्परालाई नना“घी आफ्नै नेपालीपनको मौलिक शैलीमा आयोजना गर्नुपर्छ । यस प्रतियोगितामा सुन्दरीहरूले शेर्पा, थकाली, थारी, भोजपुरी, मगर, गुरुङ, तामाङ, ठकुरी विभिन्न पोशाक गरगहनाहरूलाई लगाएर आफ्नै सौन्दर्य प्रदर्शन ग¥यो भने हामीले हाम्रो संस्कृतिलाई संरक्षण गर्न सक्छौ“ ।
अन्त्यमा, सुन्दरी प्रतियोगितालाई कुदृष्टि र जातिवादभन्दा पनि नारीहरूको लुकेको–दबेको आवाज र अन्तरनीहित प्रतिभालाई प्रोत्साहन गर्नु नै सच्चा सौन्दर्य प्रतियोगिता हो । एक नारीलाई समाजबाट माथि उठाउन सुन्दरी प्रतियोगिता सक्षम होइन, घर, समाज, टोल, विद्यालय, सडक, बस, टेम्पू, कार्यालय आदिबाट इज्जत दिएर मात्र सुन्दरी बनाउन सक्नुपर्छ ।
 

Related News