​आयोजक रसिया विश्वकपको नकआउट चरणमा प्रवेश

दृष्टि न्यूज

काठमाडौं ,६ असार ।

विश्वकप २०१८ को आयोजक रसिया जारी फिफा विश्वकपको नकआउट चरणको प्रवेश गरेको छ।  इजिप्टलाई ३–१ ले हराएपछि आयोजक राष्ट्र रसिया फिफा विश्वकपको नकआउट चरणमा पुगेको हो। 

रुस  ६ अंकसहित एक खेल अगाडि नै अघिल्लो चरण प्रवेश गरेको हो । अव रसियाले उरूग्वेसँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ।

इजिप्टले समूह चरणको पहिले खेल यसअघि उरूग्वेसँग हारिसकेको छ। लगातार दोस्रो हार बेहोरेकाले ऊ जारी विश्वकपबाट बाहिरिने लगभग पक्का भएको छ। बुधबार उरूग्वेले साउदी अरबलाई जितेमा रसिया अन्तिम १६ मा प्रवेश गर्नेछ भने इजिप्ट घर फर्किनेछ।

यो जितसँगै समूह ‘ए’बाट रुस ६ अंकसहित अघिल्लो चरणमा प्रवेश गरेको छ । यसअघि रुसले विश्वकप उदघाटन खेलमा साउदी अरबलाई ५(० ले हराएको थियो । जारी विश्वकपमा रुसले ८ गोल गरिसकेको छ भने १ गोल खाएको छ ।

Related News