विश्वकप फाइनल प्रवेशका लागि फ्रान्स vs बेल्जियम, इंग्ल्याण्ड vs क्रोएसिया भिड्दै

दृष्टि न्यूज

काठमाडौं ।

विश्वकपा फुटवल अन्र्तगत रसियामा जारी २१औं संस्करणको खेलहरुको सेमिफाईनल समिकरण पुरा भएको छ। शनिबार राति सेमिफाइनलमा आयोजक रूसलाई हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेसँगै सेमिफाईनल समिकरण पुरा भएको हो ।

अब आफनल प्रवेशका लागी क्रोएसिया र इंग्ल्याण्ड र फ्रान्स र बेल्जियम सेमिफाइनल खेल्ने छन । फ्रान्स १२ वर्षपछि, बेल्जियम ३२ वर्षपछि, इंग्ल्याण्ड २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा पुग्न सफल भएका हुन ।

सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानका लागि आगामी शनिबार सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समयअनुसार साँझ पौने ८ बजे खेल्नेछन् भने आईतबार बहुप्रतिक्षीत फाइनल खेल हुनेछ । जुन मस्कोको लुज्निकी रंगशालामा हुनेछ ।

यस्तो छ सेमिफाईनल समिकरण र समय तालीका 

सेमिफाइनल खेल

असार २६ गते : फ्रान्स भर्सेस बेल्जियम – राती ११:४५ बजे

असार २७ गते : इंग्ल्याण्ड भर्सेस क्रोएसिया – राती ११:४५ बजे

फाइनल
असार ३१ गते : सेमिफाइनल १ को विजेता vs सेमिफाइनल २ को विजेता - ८:४५ बजे

Related News