​हिटरका कारण लगनचोकमा भिषण आगलागी, एकको मृत्यु

दृष्टि न्यूज

काठमाडौ, ५ फागुन। 
 शनिबार बिहान काठमाडौंको लगनचोकमा भिषण आगलागी भएको छ। आगलागीमा एकको मृत्यु भएको छ ।

आगोमा जलेर बृद्ध जीवनकाजी श्रेष्ठको मृत्यु भएको हो। उनका छोरा प्रबीण श्रेष्ठ सामान्य घाइते भएका छन्। जीवनकानी प्लारालाइसिसका रोगी भएकाले भाग्न नसक्दा आगोमा जलेर मृत्यु भएको हो।

जीवनकाजी घरको तेस्रो तलामा हिटर बालेर सुतेका थिए। प्रारम्भिक अनुसन्धानमा हिटरबाटै आगो सल्किएको हुनसक्ने देखिएको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी टेकानन्द लिम्बुले बताए। करिब ४ घन्टापछि ८ वटा दमकलले आगो नियनन्त्रणमा लिएका थिए।

Related News