विमानस्थलमा जहाज दुर्घटनामा दमकलको ढिलाईले धेरै मानवीय क्षति

दृष्टि न्यूज

काठमाडौं, २८ फागुन । 
विमानस्थलमा तैनाथ हुने दमकल विमानस्थल सञ्चालन हुँदाका बखत स्टाण्डवाई हुनुपर्दछ । विमानस्थल खुल्नुअघि दमकल स्टार्ट भइसकेको हुनुपर्दछ भने विमानस्थल बन्द गरिनु अघिसम्म उक्त दमकल स्टार्ट अवस्थामै रहनु पर्दछ । तर, सोमबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भिर लापरवाही गरिएको फेला परेको छ । 
सोमबार काठमाडौंस्थित विमानस्थलमा अवतरणको क्रममा रहेको युएस बंगला एयरलाइन्सको बम्बार्डिएर–८ क्वी ४०० जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा तत्कालै जहाजमा आगो लाग्यो । 
विमानस्थलका अनुसार उक्त जहाज अपरान्ह २ः१८मा विमानस्थलको जमिनमा अवतरण गर्ने प्रयास गरेको थियो । दुर्घटनाग्रस्त जहाज २ः१९ बजेदेखि आगोलाग्न सुरु गरेको थियो र उक्त क्रम करिब २५ मिनेटसम्म जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन् । २५ मिनेटसम्म जहाज आगोलागी हुँदा जहाजमा सवार अधिकांश जलेका छन् । प्रहरीका अनुसार जहाज दुर्घटनामा ४९ जनाको मृत्यु भएको र मृतकहरुको शव आगोले जलेको छ । 
जहाजको इन्धन पखेटामा हुन्छ । पखेटा जमिनमा ठोक्किन पुगेमा इन्धन त पोखिन्छ नै ठोक्किदा उत्पन्न हुने आगोको झिल्काबाट सल्केर आगो लाग्न पुग्दछ । सोमबार पनि त्यही भएको थियो । सुरुका १÷२ मिनेट आगो सल्कन नै समय लाग्दछ । तर, त्यसपछि मात्रै हुरहुरी आगो बल्ने गर्दछ । विमानस्थलमा रहेको बारुणयन्त्रका कर्मचारीको ढिलाईका कारण युएबंगला एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणमा आउन ढिलाई भएको थियो । घटनास्थलमा नेपाली सेनाको टोली पुगेको करिब १० मिनेट पछि मात्रै दमकल पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । जहाज दुर्घटना भईहालेमा तत्काल अर्थात ३० सेकेण्ड देखि बढिमा दुइ मिनेटभित्रैमा विमानस्थलका सबै ठाउँमा दमकल पुग्ने गरी अलग अलग स्थानमा दमकल स्टाण्डवाई राखिएको हुन्छ । तर, सोमबारको दुर्घटना विमानस्थलभित्रै भएको र दमकल पुग्न निकै लामो समय लाग्नुले इन्धन बचाउन स्टार्ट बन्द गरेर राखेको हुनसक्ने आशंका उत्पन्न भएको छ । ‘यसअघि टर्किस एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिदा एक मिनेटभित्रैमा पुगिसकेको दमकल यस पटक भने किन ढिलाई ग¥यो अनुसन्धानको विषय छ’, विमानस्थलका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।



प्रत्यक्षर्शीका अनुसार दुर्घटनाको करिब १३ मिनेटपछि दमकल पुगेको त्यतिबेलासम्म आगोले विशाल रुप लिईसकेकाले नियन्त्रणमा लिन समेत धेरै समय लागेको बताइन्छ ।

Related News