​‘फर्नेक्स २०१८’ को तयारी पूरा

दृष्टि न्यूज

काठमाडौं । जेम फ्लोरिङको प्रस्तुतिमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ को तयारी लगभग पूरा भएको भएको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । एक्स्पो असोज ४ देखि ८ गते सम्म सञ्चालन हुने बताइएको छ । <br /> एक्स्पोमा प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्रान्डका सयभन्दा बढी कम्पनीहरू रहने जानकारी संघले दिएको छ । एक्स्पोमा ख्यातिप्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्रान्डका फर्निचरको बृहत् प्रदर्शनी हुने जनाइएको छ । उक्त अवसरमा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर स्टक क्लियरेन्सका साथै दसैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामान बिक्री गरिने आयोजकले जनाएका छन् । <br /> एक्स्पोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्तालाई लक्की ड्रमार्फत आकर्षक उपहारसमेत वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इन्टेरियर डिजाइनसम्बन्धी परामर्शसमेत लिन पाइने जनाइएको छ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आकर्षण हुने आयोजकले जानकारी गराएको छ । विगत वर्षका एक्स्पोको तुलनामा यसपटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने इभेन्ट सोलुसनले जनाएको छ ।<br /> फर्नेक्स २०१८ को टाइटल स्पोन्सर जेम फ्लोरिङ रहेको छ । एक्स्पोको मुख्य प्रायोजक सिमल डेकोर, यती फ्लोरिङ, ग्लेनर डिलाइट रहेका छन् । मेलामा किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहनेछन् । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको दाबी छ ।

Related News