​उरुग्वेलाई हराउँदै फ्रान्स सेमीफाइनलमा प्रवेश

दृष्टि न्यूज

काठमाडौं । ‘विश्वकप–२०१८’का दावेदारका रुपमा चर्चामा रहेको उरुग्वे अन्ततः क्वाटरफाइनलबाट आउट भएको छ । उसले उरुग्वेलाई २–० ले गोलले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 
शुक्रबार राति भएको क्वाटरफाइनल खेलमा फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरेका थिए । खेलको ४०औं मिनेटमा भरानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ६१औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई सहज जित दिलाए । 
ग्रिजम्यानले डी एरिया बाहिरबाट प्रहार गरेको सट उरुग्वेका गोलकिपर फर्नान्दो मुस्लेराले राम्रोसँग क्लियर नगर्दा गोलपोस्टभित्र छिरेको थियो ।
उरुग्वेका भरपर्दा स्ट्राइकर इडिसन काभानी घाइते भएर राम्रो खेल्न सकेका थिएनन् । जसको असर खेलमा प्रत्यक्ष देखिएको थियो । योसहित फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छैटौंपटक हो । अब उसले फाइनल प्रवेशका लागि शुक्रबार राति हुने ब्राजिल र बेल्जियमबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यदि फ्रान्सले सेमिफाइनलको सामना गर्न सेके यसपटकको विश्वकप विजेता हुने पक्का जस्तै हुने अनुमान गरिएको छ ।

Related News