पेरुलाई हराउँदै फ्रान्स अगाडि बढ्यो

दृष्टि न्यूज

काठमाडौं । फ्रान्स पेरुलाई हराउँदै विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘सी’अन्तर्गत बिहीबार राति भएको खेलमा फ्रान्सले पेरुलाई १–० ले हराएको छ । यससँगै फ्रान्सको ६ अंक भएको छ ।
अन्तिम १६ मा पुग्ने फ्रान्स तेस्रो टोली हो । रुस र उरुग्वेले यसअघि अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । लगातार दुई हारपछि पेरु भने समूह चरणबाट बाहिरिएको छ ।
फ्रान्सको जितमा १९ वर्षीय केलियन अम्बाप्पेले ३४औं मिनेटमा गोल गरे । पेरिस सेन्ट जर्मेनका सुपरस्टार अमबाप्पेले एक वर्षअघि फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । जारी विश्वकपमा उनी सबैभन्दा कान्छा खेलाडी हुन् । विश्वकपको समूह चरणबाट बाहिरिने पेरु चौथो राष्ट्र हो । 

Related News