​फ्रान्सको जीतमा क्रोएसियालाई सहानुभूति

एमपी सुब्बा

रसियाको राजधानी मस्कोस्थित लुजिन्की रंगशालामा आइतबार फ्रान्स र क्रोएसियाबीच फाइनल खेल सुरु हुनअघिसम्म सामाजिक सञ्जालका भित्ता क्रोएसियाकै पक्षमा रंगिएका थिए । तर, परिणाम फ्रान्सतिर गयो । फ्रान्सले क्रोएसियाविरुद्ध ४–२ गोल अन्तरले विजयी हासिल गर्दै ‘विश्वकप–२०१८’को विश्व च्याम्पियन बन्यो ।
फ्रान्स र क्रोएसियाबीचको फाइनल खेलमात्र नभएर यसपटक रसियामा सम्पन्न ‘विश्वकप’को सुरु भएदेखि नै अनुमान गरेभन्दा फरक नतिजा आइरहेको थियो । फुटवलका ‘सारथी’ भनिएका ब्राजिल, अर्जेन्टिना, जर्मनी, उरुग्वे, पोर्चुगलजस्ता टीमहरु सेमिफाइनअगावै मैदानबाट बाहिरिएका थिए । त्यसपछि इंग्ल्याण्ड, बेल्जियमजस्ता टीम पनि ‘विश्वकप’को मैदानबाट बाहिरिएपछि ‘रसिया फिफा विश्वकप’को नतिजाप्रति आमदर्शकको चासो क्रोएसियातिर बढ्दै गएको थियो । तर, फ्रान्सले उपाधि आफनो पोल्टामा पा¥यो । 
आफ्नो टीमको पराजयपछि क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्राबर–किट्रोभिक निकै भावुक भएकी थिइन् । उनले क्रोएसियाली टीम कप्तान लुका मोड्रिचलाई अँगालो हालेर सहानुभूति प्रकट गरेकी थिइन् । राष्ट्रपति ग्राबर क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेसँगै खेल हेर्न रसिया आएकी थिइन् । उनले विभिन्न विशिष्ट व्यक्तिसँग विश्वकपको अन्तिम खेलमा सरिक थिइन् । उनीसँगै रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रो पनि थिए । विजेता टीम फ्रान्सलाई रसियाली राष्ट्रपटि पुटिनले नै ट्रफी प्रदान गरेका थिए ।
सेमिफाइनलमा पुगेका इंग्ल्याण्ड, बेल्जियम, फ्रान्स र क्रोएसियामध्ये सबैभन्दा धेरै समर्थन क्रोएसियाले नै पाएको थियो । किनकि पटक–पटक ‘विश्वकप’को ट्रफी उचालेर आफूलाई फुटवलको महासारथी सावित गराएका टिमहरु बाहिरिएपछि पहिलोेपटक फाइनलको पुगेको क्रोएसियाप्रति दर्शकको सहानुभूति थियो । तर, त्यो क्रोएसियाप्रतिको सहानुभूति मस्कोको ‘लुजिन्की रंगशाला’मा ९० मिनेटमै तुहियो । र, टिभी स्क्रिनमा ‘विश्वकप’ हेरिरहेका दर्शकमा निराशा छायो ।  क्रोएसियाका समर्थकहरु निराश भइरहँदा फ्रान्सले भने ‘विश्वकप’को ट्रफी उचाल्दै खुसीयाली मनाइरहेका थिए । 
हुन त खेलमा हारजित हुन्छ, त्यो स्वभाविक हो । तर, क्रोएसियाका लागि फ्रान्स यसपटक पनि जितको बाद्यक बन्यो । रसियाको मैदानमा फ्रान्स ‘विश्व च्याम्पियन’ घोषित भइरहँदा क्रोएसियाले आफूलाई सम्हाल्दै फ्रान्सका टीमलाई ‘बधाई’ दिइरहेका दृश्यले दर्शकको आँखा रसाएको थियो । जबकि त्यहाँ ‘विश्वकप’को ट्रफी उचाल्ने फ्रान्सका खेलाडी र क्रोएसियाका खेलाडीहरु अधिकांश युरोपियन क्लवका थिए । त्यसैले हारेर पनि साथीहरुको जीतमा क्रोएसियाली खेलाडीले बाहिरी रुपमा मुस्कुराएका थिए । जसले विश्वको ध्यान उनीतिर तानिएको थियो ।    
२१औ“ संस्करणको ‘विश्वकप’को उपाधि हासिलसँगै फ्रान्स दोस्रोपटक ‘विश्व च्याम्पियन’ बनेको हो । फ्रान्सले २० वर्षपछि उपाधि जितेको हो । यसअघि फ्रान्सले सन् १९९६ मा ब्राजिललाई ‘३–० ले पराजित गर्दै ‘विश्व च्याम्पियन’ बनेको थियो भने सन् २००६ मा फाइलनमा पुगेर पनि इटलीस“ग ट्राइब्रेकरमा हारेको थियो । 



यसपटक फ्रान्सको फुटबल टीमका प्रशिक्षक डिडिए डेस्च्याम्प्स विश्वकप विजेता समूहको हिस्सा बन्न सफल भएका छन् । डेस्च्याम्प्सले २० वर्षअघि पेरिसमा कप्तानको रुपमा विश्वकपको ट्रफी उचालेका थिए । ४९ वर्षका डेस्च्याम्पस ब्राजिलको मारियो जगालो र जर्मनीको फ्रान्ज बेकेनबावरको क्लबमा समावेश भएका छन् ।
रसियामा भएको ‘विश्वकप’को फाइनलमा क्रोएसियाविरुद्ध ४–२ गोल अन्तरले फ्रान्स विश्व विजेता बनेको छ । खेलको १८औँ मिनेटमा फ्रान्सले आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । यो विश्वकपको फाइनलमा भएको पहिलो आत्मघाती गोल थियो ।
तर, फ्रान्समाथि लगातार दबाव बनाएको क्रोएसियाले २८आँैं मिनेटमै बराबरी गोल फर्काएको थियो । उसका लागि इभान पेरिसिकले बराबरी गोल गरे । त्यसपछि फेरि फ्रान्सले ‘फ्रि किक’मा गोल गरेपछि २–१ अन्तरले फ्रान्सले अग्रता लिएपछि क्रोएसिया ‘नर्भस’ बनेको थियो । क्रोएसियाका लागि ‘आत्घाती गोल’ नै रसियाको मैदानमा ‘अनलक्की’ सावित भयो ।
फाइनलमा भिडेका फ्रान्स र क्रोएसिया दुवै राम्रा युरोपियन टीम थिए । युरोपियन क्लवमा ती खेलाडीहरु ‘विश्वकप’मा पहिलोपटक सामने–सामने भएका हुन् । तर, उनीहरु ‘युरोकप’ सधै आमने–सामने हुन्थे । त्यसैले उनीहरु एकअर्कामा ‘खेल रणनीति’ बुझ्न गाह्रो थिए ।  अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ ले हराएको फ्रान्सले क्वार्टरफाइनलमा उरुग्वेलाई २–० ले हराएको थियो । त्यसपछि सेमिफाइनलमा लयमा देखिएको बेल्जियमलाई १–० ले हराएको थियो । 
क्रोएसियाले समूह चरणमा नाइजेरियलाई २–०, अर्जेन्टिनालाई ३–० र आइसल्याण्डलाई २–१ ले हराएको थियो । अन्तिम १६ मा डेनमार्कसँग १–१ को बराबरीपछि टाइब्रेकरमा ३–२ ले विजयी भएको क्रोएसिया क्वाटरफाइनलमा पनि टाइब्रेकरमै विजयी भएको हो । क्वार्टरफाइनलमा रसियास“ग २–२ को बराबरीपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी भएको थियो । सेमिफाइनलमा बलियो मानिएको इंग्ल्याण्डलाई २–१ ले हराएको थियो ।
क्रोएसिया पहिलोपटक विश्वकपको फाइनल पुगेको हो । क्रोएसिया विश्वकप १९९८ मा सेमिफाइनल पुगेको थियो, जहा“ उसलाई आयोजक फ्रान्सले फाइनल पुग्नबाट रोकेको थियो । त्यस विश्वकपमा ६ गोलसहित गोल्डेन बुट जितेका सुकर अहिले क्रोएसियाली फुटबल महासंघका अध्यक्ष छन् । सुकरको नाममा क्रोएसियाका लागि सर्वाधिक ४५ गोलको कीर्तिमान यथावत छ । 
यस्तै, रसिया ‘विश्वकप’मा सेकेण्ड पोजिशनमा चित्त बझाउनु परेपनि गोल्डेन बल क्रोएसियाकै पोल्टामा गएको छ । क्रोएसियाका कप्तान लुका मोडरिक ‘विश्वकप’का उत्कृष्ट खेलाडी बने । उनले गोल्डेन बल जिते ।
चार वर्षअघि अर्जेन्टिनाका लिओनल मेस्सीको अवस्था यस्तै भएको थियो । फाइनलमा अर्जेन्टिना जर्मनीसँग हारेको थियो तर, मेस्सीले ‘गोल्डेन बल’ जितेका थिए । सेमिफाइनमा बेल्जियमसँग हारेका इंग्ल्याण्डका ह्यारी केनले यसपटक ‘गोल्डेन बुट’ जितेका छन् । उनले ६ गोल गरेका छन् । यस्तै, ‘गोल्डेन ग्लोब’ बेल्जियमका गोलरक्षक थिबोउट कोर्टियसले जितेका छन् ।

Related News