​ गृह मन्त्रालयमा गच्छेदारको दाबी

काठमाडौं, ३१ असार 
माओवादी मन्त्रीहरुले सरकार छाड्ने भएपछि गृह र परराष्ट्र मन्त्रालयमा कांग्रेसका मन्त्रीहरुबीच नै मारामार सुरु भएको छ । सोमबार मात्र कांग्रेसमा एकता गरेका बिजयकुमार गच्छेदारले गृह मन्त्रालयको दाबी गरेका छन् । 
गृहमन्त्री शर्माले २ बजे पत्रकार सम्मेलन गरेर बाहिरिदै छन् । त्यसपछि रिक्त हुने गृहमा गच्छेदारका साथै सपथ खाएर पनि जिम्मेवारी नपाएका कमल थापाको समेत दाबी छ । तर, चुनावको बेला भएकाले कांग्रेस नेताहरुले गृह मन्त्रालय आफैंले राख्नुपर्ने दबाब प्रधानमन्त्री शेर बहादुर देउवालाई दिएका छन्  । गच्छेदारलाई गृह नदिन कांग्रेस नेता बिमलेन्द्र निधी नै लागेका हुन् । गच्छेदारलाई गृह दिदा पार्टीृमा आफु कमजोर हुने निधिको चिन्ता छ । 

Related News