​मकवानपुरमा गढीमा चट्याङबाट एकको मृत्यु

दृष्टि न्यूज

हेटौँडा ।
प्रदेश नं ३ को अस्थायी राजधानी हेटौडाको मकवानपुरको गढी गाउँपालिका–२ मा आज अपरान्ह चट्याङ पर्दा स्थानीय ६२ वर्षीया ठूलीमाया नेगीको मृत्यु भएको छ । 
चट्याङ लागेर गम्भीर घाइते नेगीको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा परी सोही वडाकी ५२ वर्षीया बुद्धिलक्ष्मी लो र २५ वर्षीया लक्ष्मी लो घाइते भएकामा हेटाँैंडा अस्पतालमा उपचार भइरहेको बताइएको छ । मकवानपुरमा आज विहानदेखि मध्यान्हसम्म आँधीसहित पानीपरेको थियो । दुर्घटनास्थल कान्तिलोकपथ आसपास राजधानी हेटौडाबाट १५ किमीको दुरीमा पर्दछ ।

Related News